शिव भगवान
गौतम बुद्ध
http://www.baburambhattarai.com/
Thursday, February 19, 2009
बारपाकका बत्ती
मुलुकको राजधानी क्यान्डिलको उज्यालोमा छ । तर, हिमाली गाउ“ बारपाक 'लोडसेडिङ्' नै चिन्दैन । हिउ“दबर्खा एकनास झलमल्ल छ । मट्टीतेल लिने लस्कर छ सहरमा । तर, त्यहा“ महिनाभर िबत्ती बाल्न एक लिटर मट्टीतेलको मूल्य तिरे पुग्छ ।खासमा बौद्ध हिमालको काखमा र दरौ“दी नदीको शिरमा छ उत्तरी गोरखाको बारपाक । सुरुमा भिक्टोरयिा क्रस विजेता गजे घलेले चिनाए गाउ“लाई । तर, अहिले गजेभन्दा बढी भतिजा वीरबहादुर घले, ४०, गाउ“लाई सुनाम दिन सफल छन् ।वीरको २० वर्षघिको पौरखमा मस्त छ बारपाक । यी तन्नेरीले एक्लो आ“टले जिल्ला सदरमुकामस“गै आपmनो गाउ“ झिलीमिली पारे । त्यसो त लाहुरेका छोरा वीरले पनि बर्दी लगाउने रहर नगरेका होइनन् । तर, छनोटमा परेनन् । लाग्छ, ठीकै भयो । तिनताक बारपाकमा हाइस्कुल थिएन । ठाडो खोलाको डरले पिता देवीरामले कान्छा छोरालाई राजधानी पठाए । जुद्धोदय माविमा पढ्दापढ्दै खासाको कपडा व्यापार उनको 'पार्ट टाइम' बन्यो । त्यसबाट पाकेट खर्च जुटाउ“दै एसएलसी दिए । र, नौबीसे-मलेखु सडकमा 'पेटी कन्ट्रयाक्ट'को काम समाते । नेपाल-भारत पारवहन सन्धिको किचलोले काम त्यत्तिकै रोकियो । अमिलो अनुहारमा ट्रकबाट नौबीसे ओर्लिए वीर । होटलमा बत्ती आउने-जाने गरेपछि साहुनीलाई सोधे, "बत्तीले किन जिस्काएको यसरी -" भनिन् साहुनीले, "सरकारी बिजुली होइन, तल मिलबाट ल्याएको ।" उनको हुटहुटी शान्त भएन । सम्झन्छन्, "म मिलतिर हुत्तिए“ । थोत्रो बोराले छोपेको रहेछ जनेरेटर । बिजुली बल्ने भा“डो यही हो भनेर सोधे“ । मुख छोपेको मान्छेले टाउको हल्लायो ।"वैकल्पिक ऊर्जाका निम्ति कृषि विकास ब्याङ्कमार्फत सरकारले ५० प्रतिशत अनुदान दिने हल्ला सुने वीरलेे । भृकुटीमण्डपको पर््रदर्शनीमा पुगेर सोधे, "मेरो गाउ“मा खोला छ, पानी पनि छ, बिजुली बल्छ त -" सही सूचना नपाउने डरले एक जना पाका मान्छे लिएर कृषि ब्याङ्क पुगे । अनि, बालाजु यन्त्रशालाका मणि गुरुङसित सदरमुकामबाट दर्ुइ दिन हि“डेर पुगे बारपाक । गाउ“लेलाई चाहि“ जलशक्ति आयोगको मान्छे भनेर ढा“टे । read more....
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment