नेपालीको सान चन्द्र र सुर्य

PhotobucketPhotobucketPhotobucket

THINK WE ARE SAME

Photobucket

नयाँ राष्ट्रिय गान

सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भइ फैलिएका, मेची-महाकाली । प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल वीरहरुका रगतले, स्वतन्त्र र अटल ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल । बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।

नेपालीमा समय हेर्नुहोस्

Photobucket तपाईंहरुको लागि लेख रचनाको साथमा कथा,कबिता,गजल,पस्किन तयार भएको छु । Photobucket । /

शिव भगवान

शिव भगवान

गौतम बुद्ध

गौतम बुद्ध
शान्ति हिंसाबाट प्राप्त गर्न सकिँदैन, बरु शान्तिवार्तामार्फत प्राप्त गर्न सकिन्छ ।

http://www.baburambhattarai.com/

Photobucket I would rather die fighting than surrender to injustice & wrong-doing.

Wednesday, October 8, 2008

बारपाकका बत्ती


मुलुकको राजधानी क्यान्डिलको उज्यालोमा छ । तर, हिमाली गाउ“ बारपाक 'लोडसेडिङ्' नै चिन्दैन । हिउ“दबर्खा एकनास झलमल्ल छ । मट्टीतेल लिने लस्कर छ सहरमा । तर, त्यहा“ महिनाभर िबत्ती बाल्न एक लिटर मट्टीतेलको मूल्य तिरे पुग्छ ।खासमा बौद्ध हिमालको काखमा र दरौ“दी नदीको शिरमा छ उत्तरी गोरखाको बारपाक । सुरुमा भिक्टोरयिा क्रस विजेता गजे घलेले चिनाए गाउ“लाई । तर, अहिले गजेभन्दा बढी भतिजा वीरबहादुर घले, ४०, गाउ“लाई सुनाम दिन सफल छन् ।वीरको २० वर्षघिको पौरखमा मस्त छ बारपाक । यी तन्नेरीले एक्लो आ“टले जिल्ला सदरमुकामस“गै आपmनो गाउ“ झिलीमिली पारे । त्यसो त लाहुरेका छोरा वीरले पनि बर्दी लगाउने रहर नगरेका होइनन् । तर, छनोटमा परेनन् । लाग्छ, ठीकै भयो । तिनताक बारपाकमा हाइस्कुल थिएन । ठाडो खोलाको डरले पिता देवीरामले कान्छा छोरालाई राजधानी पठाए । जुद्धोदय माविमा पढ्दापढ्दै खासाको कपडा व्यापार उनको 'पार्ट टाइम' बन्यो । त्यसबाट पाकेट खर्च जुटाउ“दै एसएलसी दिए । र, नौबीसे-मलेखु सडकमा 'पेटी कन्ट्रयाक्ट'को काम समाते । नेपाल-भारत पारवहन सन्धिको किचलोले काम त्यत्तिकै रोकियो । अमिलो अनुहारमा ट्रकबाट नौबीसे ओर्लिए वीर । होटलमा बत्ती आउने-जाने गरेपछि साहुनीलाई सोधे, "बत्तीले किन जिस्काएको यसरी -" भनिन् साहुनीले, "सरकारी बिजुली होइन, तल मिलबाट ल्याएको ।" उनको हुटहुटी शान्त भएन । सम्झन्छन्, "म मिलतिर हुत्तिए“ । थोत्रो बोराले छोपेको रहेछ जनेरेटर । बिजुली बल्ने भा“डो यही हो भनेर सोधे“ । मुख छोपेको मान्छेले टाउको हल्लायो ।"वैकल्पिक ऊर्जाका निम्ति कृषि विकास ब्याङ्कमार्फत सरकारले ५० प्रतिशत अनुदान दिने हल्ला सुने वीरलेे । भृकुटीमण्डपको पर््रदर्शनीमा पुगेर सोधे, "मेरो गाउ“मा खोला छ, पानी पनि छ, बिजुली बल्छ त -" सही सूचना नपाउने डरले एक जना पाका मान्छे लिएर कृषि ब्याङ्क पुगे । अनि, बालाजु यन्त्रशालाका मणि गुरुङसित सदरमुकामबाट दर्ुइ दिन हि“डेर पुगे बारपाक । गाउ“लेलाई चाहि“ जलशक्ति आयोगको मान्छे भनेर ढा“टे । त्यसअघि अमेरकिी सहयोगको रसिोर्स कन्जरभेसन एन्ड युटिलाइजेसन प्रोजेक्ट -आरसीयूपी) राङरुङ खोलामा जलविद्युत्को सम्भाव्यता नरहेको भनेर त्यसै फर्किएको थियो । हावादारी निस्क्यो आरसीयूपीको अध्ययन । बरु वीरको सपना स्वीकृत भयो । ऋण लिने प्रक्रिया छोटो थिएन । उनले काठमाडौ“ गोङ्गबुमा रहेको एक टुक्रा जग्गा बेचे, केही सरसापट गरे । नौ लाख रुपिया“मा ५० किलोवाट क्ष्ँमताको लघुजलविद्युत् योजना पूरा भयो । साढे तीन वर्षछि अर्थात् २०४८ साउन २१ गते गाउ“मा पहिलोपटक बिजुली बल्यो । निजी क्षेत्रमा कर्ीर्तिमान रचेको थियो त्यसले । तर, बिजुलीको तार टा“ग्ने कोही भएनन् । वीरले हार खाएनन् । टाठाबाठा र बुद्धिजीवीहरूको मेख मार्न सबैभन्दा पहिले गरबि कामीहरूको घर बिजुलीले सजाइदिए ।गाउ“मा एक मात्र टेलिभिजन थियो । त्यो पनि वीरको घरमा । आ“गनमा तीन-चार सय गाउ“लेको भीड लाग्थ्यो । भन्छन्, "बूढीआमैहरूले चुरोट सल्काउ“दै रामायण हेरेको क्षण म निकै भावुक भए“ । एक हिसाबले राम्रै काम गरेछु जस्तो लाग्यो ।" पहिले त वीरले उज्यालो मात्र सोचेका थिए । तर, ब्याङ्कको ब्याज ओत्नसमेत हम्मे परेपछि व्यवसायको अक्कल निकाले । काष्ठ उद्योग खोल्न लगाए । बेकरी उद्योगका निम्ति प्रोत्साहित गरे । खाद्य प्रशोधनको बाटो देखाए । तर, आफै“ बेरोजगार भए वीर । भन्छन्, "नेपाली कागज बनाउने तालिममा तीन जनालाई काठमाडौ“ पठाए“ । उनीहरूले ३० जनालाई सिकाए ।" वीर खुम्चिएर बस्ने तन्नेरी थिएनन् । गाउ“मा बोर्डिङ् स्कुल खोले । ५० किलोवाटबाट बढाएर सय किलोवाट पुर्‍याए । राङरुङ खोलाबाट बारपाक गाउ“ पुग्ने छ घन्टा बाटोमा रोपवे चलाए । तर, १४औ“ महिनामा त्यसको तार चु“डियो । १६औ“ महिनामा बाढीले बगायो । अहिले पा“च मिल, दर्ुइ फर्निचर, पाउरोटी उद्योग, मेटल वर्क्स, कम्प्युटर, डिजिटल फोटो ल्याबहरू चलिरहेका छन् । अब गाउ“मा इन्टरेनट सेवा पुर्‍याउ“दै छन् वीर । सुनाउ“छन्, "आपmनो ल्यापटपबाटै फोटो हर्ेर्दै कुरा गराउ“छु ।"बारपाकका वीर अहिले नेपाल लघु जलविद्युत् उद्यमी महासङ्घका अध्यक्ष छन् । 'लघु जलविद्युत्को विस्तार, गाउ“गाउ“मा स्वरोजगारको सन्देश'सहित उनी नपुगेको नेपालको कुनै जिल्ला छैन । भन्छन्, "म त गाउ“घरको निम्तोमा भिजेको झा“क्रीजस्तो भएको छु ।" माइक्रो हाइड्रो-मिसनमा लाग्दालाग्दै तीन छोरा र एक छोरीका पिता काठमाडौ“ बस्ने जहानपरविारसित भेट्ने फुर्सद नै पाउ“दैनन् ।५० वर्षता दर्ुइ हजार माइक्रो हाइड्रो बन्यो नेपालमा । तीमध्ये एक हजार तीन सय सञ्चालनमा छन् भने सयजति निर्माणाधीन । माइक्रो हाइड्रोले राम्रो आर्थिक प्रतिफल दिनसक्छ । तर, जनताको क्रयशक्ति कमजोर रहेकाले उच्च मूल्य राख्न सकिन्न । गाउ“लेलाई मट्टीतेलभन्दा बिजुली सस्तो भनेर फकाउ“दैनन् वीर । बरु कुटिर उद्योगमार्फत ऊर्जाको दोहनका निम्ति उक्साउ“छन् । झारफुके शैलीमा सोध्छन्, "बत्ती बाल्ने, रेडियो सुन्ने, टीभी हेरेर मात्र योजना सफल हु“दैन । बिजुलीलाई तपाईंहरू केके गर्नुहुन्छ -"उनको विचारमा माइक्रो हाइड्रोका निम्ति हामीकहा“ खोलैखोला छन् । सरकारी प्रसारण लाइन पुर्‍याउने पैसाले नै निकँल्न सकिन्छ । आउ“दो चार-पा“च वर्षभत्रै देशभर िअ“ध्यारो हटाउन सकिने उनको विश्वास छ । थप्छन्, "नेपाल टीभीले बाबुलाई ल्याप्चे लगाउन पढेकी छोरीले रोकेको विज्ञापन सहरमा देखाउ“छ । देखाउने ठाउ“मा चाहि“ बत्ती नै छैन ।"यी सामाजिक उद्यमीका निम्ति जीवन र पढाइ भन्नु नै माइक्रो हाइड्रो हो । ग्रामीण क्षेत्रमा ऊर्जा पर््रवर्द्धन गर्न लगानी मैत्री वातावरण र ग्रामीण ऊर्जा विकास कोषको खा“चो देखेका छन् उनले । उनको गुरुमन्त्र हो, निरन्तरतामा नै सफलता छ । दर्ुइ जना भए गफ चुट्ने, तीन जना भए रक्सी खाने र चार जना भए तास खेल्ने नेपाली चलन नै हो । बोलिखाने ६० र गरखिाने ४० छन् रे देशमा । नवयुवाहरूमा खिन्नता र उदासी मात्र देख्छन् वीर । भन्छन्, "विदेशको रमझम भुलेर कसले बनाइदिन्छ देश - नेपाल बनाउने हामीले नै हो । हामी अर्काले बनाइदिएको गु“डमा अन्डा पारेर ब्रि्रेका हौ“ । नेपालमा केही छैन, केही हुन्न भन्नेहरू नालायकहरू हुन् ।" क्याबात वीर

साभार नेपाल

बिजय श्रेष्ठ

No comments: