नेपालीको सान चन्द्र र सुर्य

PhotobucketPhotobucketPhotobucket

THINK WE ARE SAME

Photobucket

नयाँ राष्ट्रिय गान

सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भइ फैलिएका, मेची-महाकाली । प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल वीरहरुका रगतले, स्वतन्त्र र अटल ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल । बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।

नेपालीमा समय हेर्नुहोस्

Photobucket तपाईंहरुको लागि लेख रचनाको साथमा कथा,कबिता,गजल,पस्किन तयार भएको छु । Photobucket । /

शिव भगवान

शिव भगवान

गौतम बुद्ध

गौतम बुद्ध
शान्ति हिंसाबाट प्राप्त गर्न सकिँदैन, बरु शान्तिवार्तामार्फत प्राप्त गर्न सकिन्छ ।

http://www.baburambhattarai.com/

Photobucket I would rather die fighting than surrender to injustice & wrong-doing.

Wednesday, October 8, 2008

शरदको सर्ुकर्म


मुरीमुरी धन्यवाद, लाङ्टाङ ट्रेकमा भेटिएका भरयिालाई । उनैसित भेटेपछि शरद पराजुली उर्फअनिलको जीवन अर्कै मोडमा पुग्यो । आ“खा सामुन्ने छ परण्िााम, धादिङ जिल्लाको अति विकट उत्तरी भेगका तीनवटा गाविसको फेरएिको अनुहार । विधिको विधान या दैवको डन्डा सह“दासह“दा आजित भइसकेका गाउ“लेलाई स्वास्थ्य, शिक्षा र आयआर्जनमा मद्दत गर्‍यो, गर्दैछ शरद र उनको टोलीले ।ती भरयिा थिए, उत्तरी धादिङको विकट गाउ“ तिप्लिङका । उनबाटै वर्षदनमा झाडापखालाले सय जना बालबालिकाले अकालमा ज्यान गुमाउनुपरेको सुने उनले । साढे चार वर्षचिकित्साशास्त्रको अध्ययन गरेका शरद अनुभवमा गाउ“को स्वास्थ्यकर्मीभन्दा कम थिएनन् । औषधि साथै हुन्थ्यो, परेका बेला बिरामीको उपचार पनि गरििदन्थे । गुहार मागे उनले, "तपार्इं औषधि पनि गर्नुहु“दोरहेछ, एकचोटि गाउ“ पुगेर औखतीमूलो गर्दिए हुन्थ्यो ।"सेनास“ग मागेको नक्साको भरमा १६ वर्षघि शरद र उनको टोली गाउ“ पुग्यो । काठमाडौ“स“गै जोडिए पनि कहालीलाग्दो थियो तामाङ बस्ती । र्सट-पाइन्ट र चस्मा लगाएका शरद र उनका साथीलाई देख्दा गाउ“लेहरू डराएर दैलो ढप्काउ“दै घरभित्र छिरे । फकाएपछि मात्र सबै गाउ“ले एक ठाउ“मा भेला भए । पिलो र जुम्रा नभएको कुनै बच्चा थिएन, लुगाको नाममा तिनले थाङ्ना मात्र बेरेका थिए । खासमा शरद ट्राभल तथा ट्रेकिङ् व्यवसायमा जोडिएका थिए । विदेशीस“ग डा“डाका“डा घुम्न पाइने अनि बगलीमा पैसा पनि खेलाउन पाइने । किन हो, केही समयमा नै विरक्तिए । ठीक त्यसै तिप्लिङस“ग उनको पहिलो परचिय भयो । उनको अव्यक्त चाहना त्यही गाउ“मा गएर ठोक्कियो । अन्ततः धादिङको उत्तरी भेग अर्थात् तिप्लिङ, सर्ेतर्ृङ, लापा गाविसलाई केन्द्रविन्दु बनाएर काम गर्ने अठोट गरे उनले । त्यहा“बाट फर्केर सन् १९९२ मा न्युयोर्क गए शरद । ट्रेकिङ्का क्रममा धेरै विदेशी साथीहरू बनाइसकेका थिए उनले । तिनैको सहयोगमा न्युयोर्कमै संस्था दर्ता गरे, 'हिमालयन हेल्थ केयर' । र, त्यो संस्था दर्ता भयो, 'हिमालयन स्वास्थ्य सेवा'का नाममा । 'मेडिकल ट्रेक' मात्र चलाउने सोचाइ थियो सुरुमा । किनभने, कोसौ“ परको अस्पताल गाउ“लेको पहु“चभन्दा बाहिर थियो । चाहेर पनि उपचार गराउन सक्दैन थिए गाउ“ले । त्यसैले संस्थाले सुरुमा स्वास्थ्यमा मात्रै हात हाल्यो । गाउ“कै स्वास्थ्य चौकीलाई सहयोग दिने गरी सुरु भयो 'मेडिकल ट्रेक'को काम ।गाउ“मा क्षयरोग महामारी थियो । संस्थाबाट उनले सक्दो उपचार गरे, नसकेकालाई काठमाडौ“ ल्याएर उपचार गराए । त्यतिबेला एक हजारमा २ सय २५ जना बालबालिका चार वर्षनपुग्दै मर्थे । त्यसकारण बालबच्चाको स्वास्थ्य उपचारमा केन्द्रित भयो संस्था । र, युरोप तथा अमेरकिाका चिकित्सकहरूलाई 'मेडिकल ट्रेक'मार्फ गाउ“लेको स्वास्थ्य उपचारमा संलग्न गराउने चा“जोपा“जो मिलायो ।शिक्षाको अभावमा स्वास्थ्य सेवा मात्र पर्याप्त थिएन । भन्छन्, "जुकाको औषधि त दिइयो तर गाउ“लेमा खानुअघि हात धुनर्ुपर्छ भन्ने चेतना थिएन । त्यसपछि गाउ“का महिलालाई २७ केन्द्रमार्फ प्रौढ शिक्षा दिन थालियो ।" त्यसपछि सेवा प्रभावकारी भयो । काम गर्दै जा“दा बालशिक्षाको समेत खा“चो देखियो । अहिले संस्थाले त्यस क्षेत्रमा सातवटा विद्यालय चलाएको छ,जसमा दर्ुइवटा हाइस्कुल र पा“चवटा प्राथमिक विद्यालय छन् । पहिले एक जनाले एसएलसी उत्तर्ीण्ा गर्‍यो भने पनि ठूलो खबर हुन्थ्यो । अहिले दर्ुइवटा हाइस्कुलबाट वाषिर्क २० देखि २५ जना उत्तर्ीण्ा हुन्छन् । ४० जना विद्यार्थीहरूलाई प्रत्येक वर्षनिःशुल्क पढाउ“दै अँएको छ संस्थाले । अब्बल विद्यार्थीलाई काठमाडौ“मा उच्चशिक्षा दिलाइएको छ । विभिन्न तालिम दिएर गाउ“को हितमा प्रयोग गरएिको छ । गाउ“का स्कुलस्कुलमा पुस्तकालय, कम्प्युटर मात्र होइन, दक्ष शिक्षकको पनि व्यवस्था गरेको छ संस्थाले । चुरो कुरो के हो भने विद्यालय जाने बानी बस्यो गाउ“ले बालबालिकामा ।त्यसपछि आफै“ आत्मनिर्भर बनाउने अभियानमा लाग्यो संस्था । शरद सुनाउ“छन्, "आत्मनिर्भरको कथा वाचन गरेर मात्र ह“ुदैन भनेर आयमूलक कार्यक्रम चलाउन सुरु गरयिो ।" राजधानीका सडकमा फालिएका प्लास्िटक बटुलेर मुढा, ढाक्रीलगायतका सामग्री पनि बनाएर विदेशमा बेच्न थालियो । वर्षो ८० लाख रुपिया“ आम्दानी हुन्छ, गाउ“का कार्यक्रम त्यही पैसाले चल्छ । महिनाको १५ देखि २० हजारसम्म कमाउ“छन्, स्थानीय महिला । यसबाहेक अ“गोरा, खरायो पालन गरेर त्यसको ऊनबाट सुइटरलगायतका सामग्री बनाउने तालिम र त्यसको बिक्रीवितरणदेखि बचत अभियानलगायतका दर्जना“ै आयआर्जनका काम अघि बढ्यो । शिक्षा, स्वास्थ्य र आयआर्जनबाट गाउ“लेको अनुहार फेरेकैले होला, सामाजिक उद्यमीका रूपमा अशोका फेलोसिप पनि प्राप्त गरसिकेका छन् उनले सन् २००१ मा । गैरसरकारी सामाजिक संस्था भन्नासाथ तारे होटलहरूमा गोष्ठी गर्नुपर्ने, मह“गो गाडी चढ्नैपर्ने, ठूलो बजेट छुट्याउनैपर्ने र कार्यालयका लागि आलिशान भवन नै बनाउनुपर्ने चलन निको मान्दैनन् शरद । अरू गैरसरकारी संस्थाहरू चार-पा“च वर्षकाम गरेपछि कार्यक्रम सफल वा असफल जे भए पनि छोडेर जान्छन् । तर, यो संस्था १६ वर्षेखि एउटै क्षेत्रमा केन्द्रित छ । संस्थाले जति काम गरेको छ, त्यही काम अर्को कुनै विदेशी संस्थाले गर्दा दस गुणा बढी खर्च लाग्छ । भन्छन्, "नेपालमा ३० हजार एनजीओ छन्, चार हजार गाविस छन् । हामीले जे गरेका छौ“, त्यसैगरी सबैले कामको वर्गीकरण गरेर एनजीओले काम गर्ने हो भने यो देशमा सरकार पनि चाहि“दैन ।"सम्भवतः धादिङका तीन गाविसमा शरदले 'क्याटलिस्ट'को भूमिका निर्वाह गरेका छन् । जतिबेला शरद र उनको टोली धादिङका ती गाउ“हरूमा पुग्दा वरपरका टाढाबाठा भनिएकाहरू ती गाउ“लेहरूलाई जङ्गली-जुम्रे भन्थे, भोटे र भरयिा भनेर हेप्थे । तर, आज तिनै गाउ“लेहरू स्वास्थ्य, शिक्षा र आयमूलक कार्यमा संलग्न भएर टाढाबाठा भनिएकाहरूस“ग आ“खामा आ“खा जुधाएर कुरा गर्न सक्ने भएका छन् । धन्यवाद हिमालयन स्वास्थ्य सेवा, धन्यवाद शरद †

नेपालबाट साभार

बिजय श्रेष्ठ

No comments: