नेपालीको सान चन्द्र र सुर्य

PhotobucketPhotobucketPhotobucket

THINK WE ARE SAME

Photobucket

नयाँ राष्ट्रिय गान

सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भइ फैलिएका, मेची-महाकाली । प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल वीरहरुका रगतले, स्वतन्त्र र अटल ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल । बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।

नेपालीमा समय हेर्नुहोस्

Photobucket तपाईंहरुको लागि लेख रचनाको साथमा कथा,कबिता,गजल,पस्किन तयार भएको छु । Photobucket । /

शिव भगवान

शिव भगवान

गौतम बुद्ध

गौतम बुद्ध
शान्ति हिंसाबाट प्राप्त गर्न सकिँदैन, बरु शान्तिवार्तामार्फत प्राप्त गर्न सकिन्छ ।

http://www.baburambhattarai.com/

Photobucket I would rather die fighting than surrender to injustice & wrong-doing.

Saturday, September 13, 2008

'पहिलो राजनीतिक भम्रण'


चीन भम्रणबाट स्वदेश झर्नासाथ पहिलो राजनीतिक भम्रण भारतमा गर्ने प्रतिवद्धता जनाएका प्रधानमन्त्री पुष्षकमल दाहाल 'प्रचण्ड' को 'सुशृप्त' इच्छा पुरा हुने भएको छ । यही भदौं २९ गते देखि असोज २ गतेसम्म भारतको औपचारिक भम्रण गर्ने तयारीमा छन्, प्रचण्ड ।
प्रचण्डको यस भम्रणलाई स्वदेशमात्र होइन, अर्न्तराष्ट्रिय शक्ति केन्द्रहरुलेसमेत जिज्ञाशापूर्वक नियाल्दै छन् । कतिसम्म भने प्रधानमन्त्रीकै भारत भम्रणलाई लिएर गत शुक्रबार नेकपा माओवादीको आकस्मिक केन्द्रीय समितिको वैठक पनि बस्यो, जसले प्रचण्डलाई अनावश्यक विवादमा नफस्न र राष्ट्रियताको सवालमा विशेष र्सतर्क हुन सल्लाह दिएको थियो । यसअघि शान्तिप्रक्रियामा आउनासाथ भारत भम्रण गरेका प्रचण्डले बोलेका शब्दहरु निकै विवादास्पद भएका थिए ।स्मरण रहोस्, जनयुद्ध थाल्नुअघि तत्कालिक प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राखिएका माओवादीका ४० बु"दै मागमा झन्डै ४० प्रतिशतजति भारतस"ग जोडिएका मुद्धाहरु छन् । त्यसमा मुख्यतया १९५० को सन्धिको पुनरावलोकन, १९६५ का सन्धि सम्झौताहरुको खारेज र हिन्दी फिल्मलाई तत्काल बन्द गर्नुपर्ने माग उठाइएको छ, जसमध्ये सन् १९५० को सन्धिलाई पुनरावलोकन गर्नेतर्फभारत सरकारले इच्छा व्यक्त गरिसकेको छ । तर, अन्य मागहरु पुरा गर्ने वा नगर्नेतिर भारत अझै मौन छ ।
नेपाल-भारतसम्बन्धी जानकारका विश्लेषणमा, नेपालका प्रधानमन्त्रीले भारत भम्रण गर्दा भारतीय प्रधानमन्त्रीले जहिले पनि आफूलाई 'ठूल्दाइ' को व्यवहार देखाउने गर्छन् । र, 'ठूल्दाइ' जे भन्यो, त्यही 'कान्छो भाइ' ले मान्नु पर्ने विगतको तीतो इतिहास छ, फलस्वरुप असमान सन्धि र सम्झौता हुने गरेको छ । ०४९ सालमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले महाकाली सन्धि गर्दा त्यही परम्पराअर्न्तर्गतको दुखद परीणाम हो । नेपाल-भारतको कुटनीतिक इतिहासमा नेपालमा जहिले राज्ानीतिक अस्थिरता हुन्छ, त्यही वेला मुलुकका लागि दर्ुभाग्यपर्ूण्ा सन्धिसम्झौता हु"दै आएका छन् । सन् १९५० मा तत्कालिन राणा शाषकहरुले आफ्नो शासन व्यवस्था टिकाउन त्यो सन्धि गर्न कुनै हिच्किचाएका थिएनन् । त्यो वेला उनलाई देशभन्दा पनि आफ्नो 'सत्ता' प्यारो थियो । र, त्यसपछि त्यही घटनाक्रम दोहरियो । राजनीतिक अस्थिरताकै मौका छापेर भारतीय शाषकले विभिन्न सन्धिसम्झौता गरेको इतिहास छ ।अब जिज्ञाशा उठ्छ, प्रचण्डले के गर्लान् त - दुनिया"लाई घामजत्तिकै र्छलङ्ग भएको कुरा हो, टंकप्रसाद आचार्यपछि पहिलो चीन भम्रण गर्ने प्रधानमन्त्री प्रचण्ड थिए । तैपनि उनले त्यो धरातलीय यथार्थलाई सामसुम पार्न पहिलो राजनीतिक भम्रण भारत गर्ने अभिव्यक्ति दिए । उनको त्यो बोलीलाई आलोचना गर्दै माओवादीका प्रभावशाली नेता सीपी गजुरेल 'गौरव' ले यतिसम्म बोले, "प्रधानमन्त्रीले जसरी इतिहासको दोस्रो प्रधानमन्त्रीको रुपमा चीन भम्रण गर्ने अवसर पाउनुभयो, त्यो कुरा फर्केपछि राष्ट्रियताको सवालमा स्थापित गर्दै गौरव गर्न सक्नुपथ्र्यो । एउटा स्वतन्त्र राष्ट्रको हैसियतले देशको प्रधानमन्त्रीले जहा"सुकै जान पाउने उसको अधिकारको कुरा हो ।"
प्रचण्डको चीनभ्रमणप्रति भारतले नरुचाएको अभिव्यक्तिहरु त विभिन्न सर्म्पर्कसुत्रहरुबाट बाहिर आए । संयोग नै हुनसक्छ, प्रचण्ड प्रधानमन्त्री हुनासाथ मुलुकमा कोशीको विपत्ति निम्तियो, जसको धेरथोर भारतीय शाषकको 'नेग्लिजेनस' भएको त्ाथ्य बाहिर आइसकेको छ । तर, यस कुरालाई भारत सरकार स्वीकार्दैन । प्रचण्डको चीन भम्रणप्रति कुटनीतिक नियोगका हैसियतले विदाइ र स्वागत गर्न विमानस्थल जानुपर्नेमा त्यसलाई अवज्ञा गरेर भारतीय राजदुत राकेश सुदले खुलेरै असन्तुष्टि जनाए । भारत भम्रणकै मुखमा कोशी पीडित भएको घटना र नेपाली उपभोग्य बजारको अप्रत्यक्ष रोक लगाएकोले पनि भारत यसभम्रणमा कडै रुपमा प्रस्तुत हुने छनक पाइएको छ । युद्धकालमा विस्तारवादीको आरोप लगाएको आएको माओवादीको अध्यक्ष प्रचण्डको भारत भम्रण देश र सिङ्गो नेपाली जनताका लागि कत्तिको उपलब्धीमुलक हुने हो, अब हेर्नु बाकी छ ।नेपानीपत्रबाट साभार गरिएको छ .
– भोजराज भाट

No comments: