तस्बिरमा महिलाको टाङमुनि देखिएको पुरुष संसारकै सबैभन्दा होचो मानिस हो । यी महिला संसारै सबैभन्दा लामो खुट्टा भएकी हुन् । जब यी दुईको भेट भयो ती महिलाले होचा मानिसलाई भनिन् 'मास्तिर र्फकेर नहेर' किनभने उनले स्कर्ट लगाएकी थिइन् ।होचा मानिस हे पिङ पिङको उचाइ २ फिट ५ इन्च मात्र छ । जब कि ती महिला स्वेतलाना पानत्रोभाको खुट्टाको अग्लाइ मात्र पनि ४ फिटभन्दा बढी छ । हे पिङ पिङ उभिँदा स्वेतलानाको घुँडामा उनको टाउकोले छुन्छ । ६ फिट ७ इन्च अग्ली स्वेतलाना संसारकै सबैभन्दा अग्ली महिला भने होइनन् । उनलाई ७ फिट ९ इन्च अग्ली याओ देफेनले उछिनेकी छिन् ।स्वेतलानाले लगाएको स्कर्टलाई संसारकै सबैभन्दा छोटो स्कर्टको रूपमा लिइएको छ । रुसी युवती स्वेतलानाको घुँडामुनि बस्दा हे पिङ पिङ दङ छन् किनभने उनले स्वेतलानालाई चियाएर हेर्न भ्याएका छन् । २० वर्षीय हे पिङ पिङ उत्तरी चीनबाट गिनिज वल्र्ड रेकर्ड बुकको पछिल्लो संस्करणको विमोचनका लागि लन्डन आएका हुन् । उनले जिराफजस्तै लाग्ने ३६ वर्षीया स्वेतलानालाई देखेपछि भने, 'आहा कति राम्रो गोडा !' आफ्ना गोडा खुबै मन पराउने स्वेतलाना भन्छिन्, 'सुहाउँदो लुगा पाउन भने ज्यादै गार्हो, खासगरी पाइन्ट ।'
साबार नया पत्रिका
बिजय श्रेष्ठ
No comments:
Post a Comment