राजधानीका चर्चित 'डन' दीपक मनाङ्गे अहिले भूमिगत छन् । सर्वोच्च अदालतको आदेशमा रिहा भएलगत्तै पक्राउ पुर्जी बोकेर प्रहरी आएपछि ११ भदौ ०६५ देखि उनी भूमिगत भएका हुन् ।क्लब डाइनेस्टीमा अभिषेक शाहमाथि भएको कुटपिटको घटनामा दोषी प्रमाणित गर्दै जिल्ला प्रशासन कार्यालयले दुई वर्षअघि मनाङ्गेलाई एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकेको थियो । उनलाई प्रहरीले गत २३ साउनमा पक्राउ गरेको थियो । तर, उनले आफ्नो नाम दीपक मनाङ्गे नभई राजीव गुरुङ भएको दाबीका साथ ३ भदौ ०६५ मा सर्वोच्चमा रिट दायर गरे । सर्वोच्चले मनाङ्गेको पक्षमा फैसला गर्यो र उनी २० दिन पनि जेल नबसी ११ भदौमा मुक्त भए । मुक्त भएदेखि नै मनाङ्गे भूमिगत छन् । प्रहरी मनाङ्गेलाई पक्राउ गर्न वारेन्ट बोकेर हिँडेको छ । तर, उनी भने प्रहरी र आर्मीबाहेक अन्यलाई नकुटेको दाबी गर्दै ठेकेदार, प्रहरी र गृह-प्रशासन मिलेर आफूलाई फसाएको बताइरहेका छन् । मनाङ्गे उपत्यकामा संगठित अपराध सञ्जालको प्रमुख रहेको प्रहरीको दाबी छ । नया पत्रिकाबाता साबार गरिएको हो ।
बिजय
No comments:
Post a Comment