बेदना श्रेष्ठ
काठमाडौं
नेपाल बिद्युत प्रधिकरणले प्रतिदिन १२ घण्टा रहेको लोड्सेदिङको समय बढाएर १६ घण्टा पुर्यपछी साईबर ब्यबसाय बन्द हुने अवस्थामा पुगेका छन । साईबर ब्यबसायमा सन्लग्न ब्यबसायिहरुले यो ब्यबसायको बिकल्प खोज्न बाधधे हुनुपरेको बातायका छन। साइबर क्यफेहरु लामो समयसम्म हुने लोड्सेदिङ्का कारण भरपर्दो बैकल्पिक ब्याबस्था गर्न नसक्दा बन्द हुने अवस्थामा पुगेको साईबर् संचालकहरु बताउछन । बुढानिलकण्ठ स्थित ग्लोबल लिङ् कम्प्युटर ईन्स्टिच्युट तथा साईबर् संचालक राजु भण्डारीले लामो समयसम्म बत्ती गैरहने भएकोले बैकल्पिक ब्याबस्थ अपनाउन गर्हो भएकोले साईबर् संचालन गर्न कठिनाइ भएको बताए । उनका अनुसार लामो समयसम्म लोड्सेदिङ हुँदा बेट्री चार्ज गर्न समेत समस्या परेकोले ब्याबसाय नै बन्द गर्नुपर्ने अवस्थाको सिर्जना भएको हो । त्यस्तै गरी २०६१ सालदेखी साईबर् र फोटोकपी सेवा संचालन गर्दै आएका दिपक भण्डारीको गुनासो अर्कै रहेको छ । साईबर् ब्याबसायमा प्रतिस्पर्धाका कारण सस्तो दरमा सेवा उपलब्धी गराउनु परेको अवस्थामा बिजुलिको बैकल्पिक ब्यबस्था गर्दा संचालन खर्च बढन जाने कारणले यो ब्यबसायको बिकल्प खोज्नु पर्ने अवस्था आएको हो ।बिगतमा प्रतिघन्टा रु २५ लिने गरेको ईन्टरनेट सेवा उच्च प्रतिस्पर्धाका कारण केबल रु १० मा मात्र प्रधान गर्नुपरेको उनको गुनासो रहेको छ । यस साइबरबाट पसलको भाडा उठाउन नसकिएको बिद्युतअको अनियमितताका कारण आफुले यो ब्याबसायको बिकल्प खोज्न लागेको उनको भनाइ छ । नेपालमा बददो लोड्सेदिङ्का कारण साईबर् ब्याबसाये सन्चालन गरेर बसेका ब्यापारीलाई पसल चलाऊन त काठिन परेकाइ छ नै ईन्टरनेट प्रयोगकर्ताहरु समेत यो समस्याबाट निकै प्रभाबित भएका छन । काठमाडौं मनमैजुका निर लामाले बददो लोडसेदिङ्का कारण आफुलाई बिदेसमा रहेका आफना आफ्न्तहरुसँग च्याट गर्न समेटा अप्ठेरो भएको बताउछन । केही मानिसहरुले भने लोदसेदिङ्को प्रभाबबाट केही मात्रमा भएपनी राहात पाउन आफनो दिनचर्यनै परिवर्तन गरेको भाताये । पुतलिसडक स्थित आकार द डिजाइनरका संचालक शिवभक्त श्रेष्ठ भन्छन । दिनभरी बत्ती गएको बेला घरमा आराम गरेर सुत्छु अनी जती बेला बत्ती आउछ त्यतिबेला नै अफिस आउछु । बत्ती भएको बेला रातभरी खतिएर काम गर्नै पर्छ । नत्र समयमा काम भ्याएन भने ग्राहकहरु अर्को प्रोडक्सन हाउस तिर जान्छन । ब्यपारको पनि सिजन हुन्छ र उनिहरुलाई पनि हतारको काम हुन्छ । तोकेको समयमा त भ्याउनै पर्छ । यसरी बडदो लोदसेदिङ्का कारण आम उपभोक्तालाई प्रत्यक्ष नकारत्मक असार परीरहेको बेला नेपाल बिद्युत प्राधिकरणले लोड्सेदिङ्को समय अझै बड्नसक्ने बाताये पछी आमा उपभोक्ता र बिद्युतिय सेवा प्रदायकहरु अझ चिन्तित बन्नपुगेका छन ।
No comments:
Post a Comment