नेपालीको सान चन्द्र र सुर्य

PhotobucketPhotobucketPhotobucket

THINK WE ARE SAME

Photobucket

नयाँ राष्ट्रिय गान

सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भइ फैलिएका, मेची-महाकाली । प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल वीरहरुका रगतले, स्वतन्त्र र अटल ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल । बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।

नेपालीमा समय हेर्नुहोस्

Photobucket तपाईंहरुको लागि लेख रचनाको साथमा कथा,कबिता,गजल,पस्किन तयार भएको छु । Photobucket । /

शिव भगवान

शिव भगवान

गौतम बुद्ध

गौतम बुद्ध
शान्ति हिंसाबाट प्राप्त गर्न सकिँदैन, बरु शान्तिवार्तामार्फत प्राप्त गर्न सकिन्छ ।

http://www.baburambhattarai.com/

Photobucket I would rather die fighting than surrender to injustice & wrong-doing.

Thursday, January 22, 2009

राष्ट्रपतिका रूपमा ओबामा


'काले, अब हाम्रो दिलवाले'वासिङ्टन/


टक्क रोकियो लाखौँ मुटुको धड्कन । छायो सन्नाटा । र, स्वप्नमयी नजरहरूमा छचल्कियो हर्षको अजस्र आँसु । आशा, भरोसा र अपेक्षासहितको घनीभूत विश्वले अश्वेत बाराक ओबामाको श्वेतगृह प्रवेशलाई मान्नसम्म चाख मानेर हेर्‍यो ।ऐतिहासिक 'ह्वाइट हाउस' प्रवेशपूर्व वासिङ्टनमा आयोजित शपथग्रहण हेर्न उपस्थित २० लाखभन्दा बढीको जनसभालाई ओबामाले सम्बोधन गर्दै गर्दा उनको समर्थनमा अजस्र ताली बज्यो । विश्वको नयाँ 'काले हिरो'को प्रतिबद्धता, समर्पण र विश्वासले भरिपूर्ण भाषण सुन्न त्यहाँ अमेरिकामा कहलिएका नेता, कर्मचारी, कलाकर्मी, व्यपारी, लेखक, बुद्धिजीवी, वैज्ञानिक र पेसाकर्मीहरू मात्र थिएनन्, थिए आर्थिक मन्दीका कारण भर्खरै मात्र जागिर गुमाएका हज्जारौँ तन्नेरी-तरुनी पनि । आप्रवासीहरूको त कुरै भएन, 'मेल्टिङ पट' न पर्‍यो अमेरिका । 'काले, अब हाम्रा दिलवाले' शपथग्रहण समारोहमा पुगेकी भारतीय मूलकी किशोरी अनुजा भन्दै थिइन्, 'अमेरिकीको मात्र होइन, सिंगो विश्वले ओबामाबाट आशा राखेको छ ।' अनुजासहितको एउटा समूह बसेको ठीक अघिल्लो भागमा बसेका एक हुल श्वेत किशोर-किशोरीमध्ये लुजियाना राज्यबाट वासिङ्टन पुगेकी टिना वायन भन्दै थिइन्, 'ओबामा हाम्रा लागि महत्त्वपूर्ण परीक्षा हुन् । अहिलेको संकट निरूपणका लागि उनी मात्र त्यस्ता जवाफ हुन्, जसमा हाम्रो भरोसा अडिएको छ ।'खुसी सबैको अधिकार अमेरिकाको राजधानी वासिङ्टन डिसीको क्यापिटल हिल र ह्वाइट हाउसका बीचमा रहेर ओबामाले ४४ औँ राष्ट्रपतिका रूपमा शपथ खाए । नीलो सुट र रातो टाईमा सजिएका ओबामाले अठार मिनेटको भाषण गरे । आफ्नो भाषणको सुरुमा उनले निवर्तमान राष्ट्रपति बुसलाई धन्यवाद दिए ।'अमेरिकामा विश्वकै महान् लोकतन्त्र छ, आज सम्पूर्ण विश्वको नजर हामीतर्फ छ, अमेरिका आज जुन अवस्थामा छ, नेताहरूको बुद्धिले मात्र होइन, यहाँका जनताका कारण त्यो सम्भव भएको हो,' ओबामाले भने ।अमेरिकाको संविधानमा प्रेरित हुँदै उनले थपे, 'सबै स्वतन्त्र छन्, समान छन् र सबैले आफ्नो भागको खुसी खोज्ने मौका पाउनुपर्छ ।'विश्वलाई नै पिरोलिरहेको आर्थिक मन्दीबारे नवनिर्वाचित अमेरिकी राष्ट्रपति बेखबर पक्कै थिएनन् । भाषण सुरु भएको दोस्रो मिनेटमै उनले आर्थिक मन्दीबारे सम्बोधन गरिहाले । 'पुँजीवादी अर्थव्यवस्थाबारे बहस गर्ने न यो समय हो, न त्यसको सम्भावनै छ । तर, हालको संकटबाट हामीले यो बुझेका छौँ कि बजारको निगरानी नगरे यो अनियन्त्रित हुन सक्छ ।'हालको स्थितिबाट पार पाउन उनले अमेरिकी जनतालाई आह्वान गरे, 'धुलो फालेर नयाँ अमेरिका बनाउन जुटौँ ।' आफ्ना जनतासामु उनको वचन थियो, रोजगारीको अवसर सृजना गर्ने, नयाँ सडक, पुल बनाउने र फाइबर अप्टिक बिछ्याउने । सूर्य र हावाको ऊर्जाबाट देशलाई अघि बढाउने । आतंकवादको विरोध गर्दै आएको अमेरिकाका नयाँ राष्ट्रपतिले त्यसलाई कूटनीतिक रूपमा सम्बोधन गरे । 'सम्पूर्ण विश्वको सानदार राजधानीदेखि गरिब मुलुकको सानो सहरसम्म, अनि जहाँबाट मेरा आमा-बुबा आएका थिए त्यहाँसम्म, अमेरिका शान्ति चाहने हरेक मुलुकको मित्र हो,' उनको भनाइ छ ।व्यस्त ओबामा निकै हतारमा देखियो ओबामा परिवार मंगलबार । कडा सुरक्षाबीच स्थानीय समयअनुसार बिहान नौ बजे चर्च पुगे, ओबामा, मिसेल र उनका छोरीहरू । त्यसपछि ह्वाइट हाउस पुगेका ओबामाले जर्ज बुस र डिक चेनीसँग बसेर कफी पिउन भ्याए । त्यसपछि ओबामा र जो विडेन औपचारिक कार्यक्रममा सँगै पुगेका थिए । त्यहाँ जर्ज बुस र लाउरा बुस पनि थिए । ओबामाभन्दा पहिले विडेनलाई उपराष्ट्रपतिपदको शपथग्रहण गराइएको थियो ।स्थानीय समयअनुसार १२ बज्यो । र, माथि भनिएजस्तै सारा विश्वको धड्कन रोकियो । त्यो समय थियो, ऐतिहासिक राष्ट्रपति ओबामाले शपथग्रहण गर्ने । ओबामाले बाइबलमा हात राखेर शपथ खाए, जुन बाइबल छोएरै १८६१ मा अब्राहम लिंकनले शपथ खाएका थिए । त्यसअघि, ओबामाले लिंकनकै अनुसरण गर्दै ८० वर्ष पुरानो रेलमा फिलाडेल्पियाबाट वासिङ्टनसम्मको यात्रा गरेका थिए । उनीहरूले, शनिबार बिहान स्थानीय समयअनुसार ११ बजे फिलाडेल्पियाबाट राजधानी वासिङ्टनसम्मको दुई सय २० किलोमिटर यात्रा सुरु गरेका थिए ।
बाराक हुसेन ओबामाजन्म : अगस्ट ४, १९६१ अमेरिकी सिनेटमा इलिनोइस प्रान्तबाट सहायक सिनेटरसन् १९९७ देखि २००४ का बीचमा तीनपटकसम्म इलिनोइस सिनेटमा प्रतिनिधित्व'हवार्ड ल रिभ्यु'को अध्यक्षका रूपमा पहिला काला व्यक्तिसंयुक्तराज्य अमेरिकाका राष्ट्रपति पदमा निर्वाचित पहिलो अफ्रिकन-अमेरिकन १९९२ देखि २००४ सम्म सिकागोको युनिभर्सिटीको 'ल स्कुल'मा संवैधानिक कानुनका प्राध्यापकसन् २००० मा 'अमेरिकाको हाउस अफ रिपि्रजेन्टेटिभ'को सदस्यका लागि असफल प्रयास सन् २००३ जनवरीमा अमेरिकन सिनेटमा आफ्नो प्रतिस्पर्धाको घोषणासुरुवाती सफलतापछि मार्च २००४ मा 'डेमोक्रेटिक राष्ट्रिय सम्मेलन'मा कार्यपत्र प्रस्तुत २००४ को नोभेम्बरमा ७० प्रतिशत मतका साथ सिनेट सदस्य निर्वाचित कंग्रेसको ११० औँ बैठकमा मौसम परिवर्तन, आणविक आतंकवाद, घाइते सैनिकको रेखदेखका लागि नीति निर्माणमा योगदानसन् २००८ मा अमेरिकाका राष्ट्रपतिमा निर्वाचित सन् २००९ मा राष्ट्रपति पदभार ग्रहण

saabar nayapatrika

No comments: