डा. राजेन्द्र भद्रा
अण्डकोष र उत्तेजना
प्रश्न ः म २६ वषर्ीय अविवाहित युवक हुँ । मेरा दुवै अण्डकोषमा लगभग पाँच वर्षयता बेला-बेलामा असाध्य पीडा -कअचयतब उिबष्ल)
हुन्छ । कहिले १५ दिनमा, कहिले साता त कहिले केही दिनमा यसले सताउँछ र एक-दुई घन्टापछि बिस्तारै आफैं ठीक हुन्छ । यस
विषयमा मैले दुई वर्षअघि वीर अस्पतालमा डाक्टरलाई देखाएँ र उहाँकै सल्लाहमा १० दिनसम्म औषधि खाएँ । यद्यपि समस्या ज्यँूका त्यूँ रह्यो । फेरि जाँदा नर्मल हो, ठीक हुन्छ, नआत्तिऊ भन्नुहुन्छ तर यसले मलाई विभिन्न महत्त्वपूर्ण कार्यमा असर पुर्याउँदै आएको छ । अति भएर तीन महिनाअघि अर्को एक अस्पतालमा अर्को चिकित्सकलाई देखाएँ तर उहाँ पनि केही छैन भन्नुहुन्छ । खासै सुन्निएको त हुँदैन तर कडा, अररो भई छुँदा वा हिँड्दा दुख्छ । मैले हालसम्म यौनसम्पर्क गरेको छैन तर पनि म अलि बढी नै उत्तेजित हुन्छु र कहिलेकाहीं हस्तमैथुन पनि गर्छु । कि यसै कारणले पीडा भएको हो ?
अग्रज दाइहरूलाई भन्दा यो सामान्य हो, विवाह गरेपछि ठीक हुन्छ भन्नुहुन्छ । के साँच्चै यस्तै हो ?
-प.
उत्तर ः अण्डकोष र कअचयतum एउटै कुरा हुन् ?
कतिपयले अण्डकोष र कअचयतum लाई एउटै कुरा मान्छन् तर वास्तवमा कुरा त्यसो होइन ।
पहिले अण्डकोषका बारेमा केही चर्चा गरौं ।
तपाईंलाई थाहै होला, अण्डकोष
-अण्डाशय) पुरुषमा भएको एक प्रमुख प्रजनन अंग हो । शुक्रकीटको उत्पादन यहीँ हुन्छ र पुरुषत्व प्रदान गर्ने हार्मोन पनि । यो लिंगको फेदनिर झुन्डिएको छालाको पातलो थैलीभित्र हुन्छ । यस्तै १०-११ वर्षको उमेरदेखि यसको विकास सुरु हुन्छ र अण्डकोषको विकासले व्यक्ति किशोरावस्थामा प्रवेश गरेको संकेत गर्छ । किशोरावस्थाभरि यो बढ्ने क्रम निरन्तर चल्छ । यसको आकार अलि चेप्टो अण्डाआकारको हुन्छ । सालाखाला १० देखि १४ ग्राम तौल भएको यो अंगको आयतन सालाखाला ४ह३ह२ दशमलव ५ सेन्टिमिटर हुन्छ । यसभन्दा केही बढी र केही कम हुनु पनि सामान्य नै हो । अण्डकोषका आयतन तथा आकार व्यक्ति-व्यक्तिअनुसार फरक-फरक हुन्छ, जस्तो कि हाम्रो स्वरूप र उचाइ फरक-फरक हुन्छ । फेरि दुवै अण्डकोष पनि समान आकार वा आयतनका हुँदैनन् र यसमा केही भिन्नता हुनु सामान्य नै हो । त्यसैगरी अण्डकोष समान रूपमा झुन्डिएको नभई एक अण्डकोष केही माथि र अर्को केही तल हुन सक्छ ।
माथि नै भनिसकियो कि अण्डकोष एउटा पातलो छालाको थैलीमा हुन्छ । यही थैलीलाई नै अण्डकोष थैली अर्थात् अंग्रेजीमा कअचयतum भनिन्छ । मूलतः अण्डकोष थैलीको काम अण्डकोषलाई सुरक्षा प्रदान गर्नु हो । त्यसका अतिरिक्त यसको एक विशेष कार्य हुन्छ । वीर्य उत्पादनका लागि अण्डकोषको तापक्रम हाम्रो शरीरको भन्दा केही कम हुनु उत्तम हुन्छ । त्यसैले यसैले अण्डकोषको तापमानलाई नियन्त्रण गरेर राख्छ ।
अण्डकोष र अण्डकोष थैली फरक कुरा हुन् भन्ने कतिपय व्यक्तिलाई थाहा नहुन सक्छ । स्वाभाविक रूपमा नै यी दुई सुन्निने अनि दुख्ने कारण पनि केही फरक हुन्छन् ।
तपाईंलाई के भएको होला ?
तपाईंले पीडाको कुराबाहेक अन्य खासै लक्षण लेख्नुभएको छैन । अण्डकोष थैली सुन्निने कारणहरूलाई छोटकरीमा सूचीकृत गर्ने हो भने चोटपटक, हर्निया, हाइड्रोसिल, अण्डकोषको संक्रमण, भ्यारिकोसिल इत्यादिलाई लिन सकिन्छ । यी अवस्था एक मात्र अण्डकोषमा हुन सक्छन् । भ्यारिकोसिल भने विशेष गरेर दाहिनेतिर नभई बायाँतिर हुन्छ । अण्डकोष बेरिनेजस्तो स्थितिमा सुन्निनुका साथै एकदमै दुख्ने पनि हुन्छ यो एक आपतकालीन स्थिति हो जुन तपाइर्ंलाई भएको जस्तो बुझिँदैन । तपाईंले चोटपटकको चर्चा पनि गर्नुभएको छैन, तसर्थ अन्य कारणको राम्रोसँग लेखाजोखा गरेर त्यसैअनुसार उपचार गर्नु आवश्यक हुन्छ ।
तपाईंले यही समस्याका लागि चिकित्सकलाई देखाउँदा पनि उहँाहरूले खासै समस्या भएको नदेखेको र सामान्य नै भएको कुरा उल्लेख गर्नुभएकाले तपाईंले अनावश्यक रूपमा पीर नगर्नु नै उचित हुन्छ भन्ने कुरा म पनि दोहोर्याउन चाहन्छु । शारीरिक रूपमा त्यस्तो अन्य कुनै रोग भएको भए उहाँहरूले पत्ता लगाइहाल्नुहुन्थ्यो होला ।
के यो यौन उत्तेजनाको कारणले हुनसक्छ ?
हामी यौन उत्तेजित हुँदा हाम्रा यौन अङ्ग तथा त्यसवरिपरिको भागमा रक्तप्रवाह बढी हुन्छ । तपाईंलाई थाहै होला- लिङ्गको उत्तेजना पनि लिङ्गको विशेष तन्तुमा रगत भरिएकै कारणले हुन्छ । लामो समयसम्म यौन उत्तेजना हुँदा वा यौन उत्तेजित अवस्थामा लामो समयसम्म बस्नुपर्दा अण्डकोष, प्रोस्टेट ग्रन्थिमा बढी रक्तप्रवाहका कारणले तरल पदार्थ -ymिउजबतष्अ ागिष्म) जम्मा हुन पुग्छ । यसले गर्दा केही मात्रामा यी अंगहरू सुन्निन्छन् । फलस्वरूप अण्डकोष वा यौनाङ्ग क्षेत्रमा केही पीडा भएको वा असजिलो वा भारीपन अनुभव हुन्छ । केही समयपछि यो आफंै बिस्तारै कम भएर जान्छ ।
त्यसबाहेक एक किसिमको यौनरोग, जसलाई लिम्फोग्रानुलोमा भेनेरम -ymिउजयनचबलगomिब खभलभचum) भनिन्छ, को संक्रमणपछि पनि लसिका ग्रन्थि
-ymिउज लयमभक) ठूलो हुने र लसिका रस -ymिउजबतष्अ ागिष्म) सञ्चार राम्रोसँग हुन
नसक्दा सुन्निन सक्छ । तपाईंको अहिलेसम्म यौनसम्पर्क नभएको आधारमा यौनरोग लागेको भन्न मिलेन । अनौपचारिक बोलीचालीको अंग्रेजीमा यसलाई दगिभ दबििक भनिन्छ । लामो समयसम्म बढी रक्तप्रवाह भएर त्यहीँ रहँदा त्यसमा अक्सिजन -प्राणवायु) को मात्रा कम
हुन्छ, त्यसैले यो केही गाढा रंगको हुन्छ, त्यसैले दगिभ दबििक भनिएको हो । हस्तमैथुनको कारणले यसो हुँदैन । थप जानकारी चाहिए समस्याको विस्तृत विवरणसहित लेख्नुहोला ।
शिव भगवान
गौतम बुद्ध
http://www.baburambhattarai.com/
Saturday, January 17, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment