दिनेश रेग्मी
काठमाडौं, पुस १४ - इराकमा चार वर्षअघि हत्या गरिएका १२ नेपालीलाई अमेरिकी सैन्य सामग्री ठेकेदार कम्पनीले 'मानव तस्करी गरी पुर्याएको' भन्ने मुद्दामा अमेरिकामा दुई सातामा सुनुवाइ हुँदैछ ।
वासिङटनस्थित ल र्फम 'कोहेन मिल्सटेइन' ले नेपालीका लागि अमेरिकी कम्पनी किलोग ब्रन एन्ड रुट -केबीआर) विरुद्ध मुद्दा लडिरहेको छ । अन्तर्राष्ट्रिय र अमेरिकी कानुनअनुसार 'मानव तस्करी' गम्भीर अपराध भएको भन्दै कोहेनले लस एन्जलस अदालतमा भदौ ११ गते मुद्दा दायर गरेको थियो । त्यसको सुनुवाइ पुस २८ गते हुन लागेको हो ।
मुद्दा लडिरहेका चार अमेरिकी वकिलमध्ये म्याट हेडलीका अनुसार यसमा नेपालीका पक्षमा बलिया आधारहरू छन् । 'ती युवालाई अमेरिका र जोर्डन लैजाने र राम्रो होटलमा काम लगाउने भनी सैनिक कम्पनीमा काम लगाइएको थियो,' नेपाल आएका हेडलीले भने, 'घटनाको साक्षीका रूपमा एक जना जीवित नेपाली पनि छन् ।'
नेपालीलाई इराकमा काम लगाउने केबीआर सैन्य सामग्री आपूर्ति गर्ने कम्पनी हो । यसमा अमेरिकी उपराष्ट्रपति डिक चेनीसमेत प्रमुख कार्यकारी भएर काम गरिसकेका छन् ।
हेडलीका अनुसार मानव अधिकार रक्षाका लागि नेपालीका तर्फबाट अमेरिकी अदालतमा परेको यो पहिलो मुद्दा हो । यसका लागि काठमाडौंबाट नेपाल इन्स्िटच्युट अफ डेभलपमेन्ट स्टडिज -निड्स) ले सहयोग गरेको छ ।
इराकमा ०६१ भदौमा आतंकवादी समूहको अपहरणमा परी मारिएका १२ मध्ये १० परिवारलाई अमेरिकी ल र्फम कोहेन र निड्सको सहयोगमा मुद्दा लडी क्षतिपूर्तिसमेत दिलाइएको छ । त्यसको क्षतिपूर्ति केबीआरको सहायक ठेकेदार जोर्डनी कम्पनी दाउद एन्ड पार्टनरले तिरिसकेको छ ।
'पहिला मुद्दा सानो माछालाई हालिएको थियो र जितियो' निड्सका प्रमुख गणेश गुरुङले भने, 'अहिले ठूलो माछालाई हालिएको छ, हेरौं के हुन्छ ।'
हेडलीका अनुसार केबीआरले मानव बेचबिखन नगरेको भन्दै मंसिर ७ मा मुद्दा खारेज गर्न निवेदन दिएको थियो ।
न्यायाधीश क्लाउनरको इजलासमा पुगेको मुद्दामा नेपालीका तर्फबाट हेडलीसहित अमेरिकी वकिलहरू एजनिज्का पmाइनम्यान, मोली म्याकेनवेन र टारेक मासरनी खटेका छन् । इराकमा १२ नेपाली मारिएपछि सरकारले त्यहाँ जान नेपालीलाई प्रतिबन्ध लगाएको छ । तैपनि विभिन्न चोर बाटो हुँदै करिब ५० हजार त्यहाँ पुगेका छन् ।
saabar kantipur
वेदको परिचय
2 days ago
No comments:
Post a Comment