नेपालीको सान चन्द्र र सुर्य

PhotobucketPhotobucketPhotobucket

THINK WE ARE SAME

Photobucket

नयाँ राष्ट्रिय गान

सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भइ फैलिएका, मेची-महाकाली । प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल वीरहरुका रगतले, स्वतन्त्र र अटल ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल । बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।

नेपालीमा समय हेर्नुहोस्

Photobucket तपाईंहरुको लागि लेख रचनाको साथमा कथा,कबिता,गजल,पस्किन तयार भएको छु । Photobucket । /

शिव भगवान

शिव भगवान

गौतम बुद्ध

गौतम बुद्ध
शान्ति हिंसाबाट प्राप्त गर्न सकिँदैन, बरु शान्तिवार्तामार्फत प्राप्त गर्न सकिन्छ ।

http://www.baburambhattarai.com/

Photobucket I would rather die fighting than surrender to injustice & wrong-doing.

Monday, December 29, 2008

सहमतिमा श्रीमती साटासाट

सुरेन्द्र सुवेदी
संखुवासभा, तपाईं आफ्नी श्रीमतीलाई कति माया गर्नुहुन्छ ? कसैले मागे दिन सक्नुहुन्छ ? वा, अर्काकी श्रीमती आउन चाहे स्वीकार्नुहुन्छ ? गाह्रै पर्ला । तर, यहाँका दुई दम्पतीले सहमतिमै साटासाट गरी ११ वर्षदेखि गजबले घरजम गरिरहेका छन् ।
पशुपन्छी प्राचीन समयमा मुद्रा रूपमा साटासाट गरिने जानकारी थियो । जलजला-६ का डम्बरध्वज लिम्बू र पूर्णबहादुर लिवाहाङले भने श्रीमती नै साटासाट गरेका छन् । उनीहरूले लिखित सहमतिमा २०५४ साल पुस ७ गते श्रीमती साटासाट गरेका हुन् । उनीहरूले जलजला-६ की माइतीमाया लिम्बू र सोही गाविस-४ की बालकुमारी राईलाई साटेका हुन् । यसअघि उनीहरू एकसाथमा जीवन बिताउने कसम खाएर विवाह बन्धनमा बाँधिएका थिए ।
डम्बरले जलजला- ६ की माइतीमाया लिम्बूसँग ३ वर्षअघि विवाह गरेका थिए । विवाहपछि उनीहरूका दुई छोरा र दुई छोरीको जन्म भएको छ । ४० वषर्ीय पूर्णबहादुर जलजला-४ का बालकुमारी राईसँग १० वर्षअघि विवाह बन्धनमा बाँधिएका थिए । पूर्ण र बालकुमारीका ४ छोरा छन् ।
राई र लिम्बूका ४ जनाका दरमा सन्तान भए पनि उनीहरू सहमतिमै श्रीमती साटिएको स्विकार्छन् । हाल डम्बरध्वज पूर्णबहादुरकी श्रीमती बालकुमारीसँग जीवन गुजारिरहेका छन् । अर्का श्रीमती साट्ने डम्बरध्वजकी श्रीमीती माइतीमा जीवन बिताइरहेका छन् । समाजमा यो नमुना बनेको छ । श्रीमती साटासाटपछि डम्बर र बालकुमारी जलजला-६ मा कृषक जीवन बिताइरहेका छन् भने पूर्ण र माइती रोजगारका लागि भारतको सिक्किममा छन् ।
यी दम्पतीले साटसाट भए पनि बालबच्चा भने पहिलेकै पतिले राखेका छन् । यी दम्पती बहुविवाह गर्नुभन्दा मनपराएकाबीच साटासाट हुन उपयुक्त ठान्छन् । बालकुमार भन्छन्, मन मिल्यो र उनीका श्रीमान् र मेरी श्रीमतीले पनि कुरा मानेपछि साटासाट भयो । मन नमिलेर बहुविवाह गर्नुभन्दा श्रीमतीहरू साट्नु राम्रो भएको सभासद डम्बरबहादुर खड्काको भनाइ छ । जलजला स्थायी घर भएका सभासद खड्का समाजका कुरीतिहरू यसरी नै चिर्दै जानुपर्नै तर्क राख्छन् ।
यो कार्यलाई जिल्लाका अधिकार र सञ्चारकर्मीले समाज सुधारतर्फ गएको टिप्पणी गरेका छन् । अधिकारकर्मी तथा गैसस पूर्व क्षेत्र सदस्य खड्ग राई यस्ता कार्यले समाजका विक्रृति क्रमशः हट्दै जाने बताउँछन् ।
साभार कान्तिपुर बात

No comments: