नेपालीको सान चन्द्र र सुर्य

PhotobucketPhotobucketPhotobucket

THINK WE ARE SAME

Photobucket

नयाँ राष्ट्रिय गान

सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भइ फैलिएका, मेची-महाकाली । प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल वीरहरुका रगतले, स्वतन्त्र र अटल ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल । बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।

नेपालीमा समय हेर्नुहोस्

Photobucket तपाईंहरुको लागि लेख रचनाको साथमा कथा,कबिता,गजल,पस्किन तयार भएको छु । Photobucket । /

शिव भगवान

शिव भगवान

गौतम बुद्ध

गौतम बुद्ध
शान्ति हिंसाबाट प्राप्त गर्न सकिँदैन, बरु शान्तिवार्तामार्फत प्राप्त गर्न सकिन्छ ।

http://www.baburambhattarai.com/

Photobucket I would rather die fighting than surrender to injustice & wrong-doing.

Sunday, December 28, 2008

योजना बिहिन गन्तव्य

“जीवनलाई संघर्षमय रथ भन्नु नै सार्थक रहेछ ।”
ठुलो आशा र भरोसालाई अंकमाल गरेर जननीले आफनो इच्छा र चाहनालाई गुम्स्याएर राखेर आफनो सन्तानको भविष्य चित्र कोर्न थालीन् । न त दिन नै भनिन् न त रात नै भनिन् जब आफनो गर्भमा सन्तानको भ्रुण बस्न गयो । आफनो बैबाहिक सम्बन्ध पछिको पहिलो आवश्यकतालाई भरिपूर्ण सामाजिक मुल्य र मान्यतालाई सिरो धार्य गर्नलाई र आफनो वंशको वर्ण वसि्तारको लागि दिलो ज्यान दिएर दश महिनाको लामो संघर्षमय दिनहरु पश्चात आफनो ममतालाई जन्म दिन्छिन् । अनि आफनो कोखको उपलब्धिलाई देखेर नरमाउने र नमुस्कुराउने को नै होला र - यी पलहरु हर प्राणीमा कौतुहलको विषय बन्ने गर्दछ । त्यो दश महिनाको जति जिम्बेवारी र होसियारी पूर्वक जोखिमहरुसँग लड्नु पर्‍यो त्यो भन्दा भयानक योजनहरु थपिदै गयो । आफनो ठुलो र फराकिलो मनले हरेक आफना गराई र सोचाईलाई योजनाबद्ध तरिकाबाट अघि बढाउदै बढाउदै आशाका तरङ्गनिमा बाधिन पुग्छिन् । यो मेरो त्याग र तपस्याले सहि मार्गको पर्त्यापरोपण गरोस भन्ने उसको मनमा नाम को सम्झना हुन्छ र त्यो सपना साकार पार्नलाई आफनो बल र बुद्धिले भ्याएसम्म कम्मर कसेर लागेका हुन्छन् ति पौरखि र आशावादि हात र मनहरु।।।।।।।।।।। जब ति आँखाका नानीहरुले बामे र्सन थाल्दछन् त्यो परिवेष नै नौलो सन्सार हो कि जस्तो लागेर आउँदछ । जिम्वेवारको कसिको भार थपिदै जान्छ ।आशाको किरणहरु चम्कदै चम्कदै लामो यात्राको सुरुवात तिर उकाली लाग्दछ । पन्ध्रौ ,सोह्रौ बसन्तहरु पार गराईदिन्छ र आफना चुनौतीको सामनालाई कुन,कस्तो र कसरी परिभाषा दिन सक्ने क्षमतावान बनाउन सक्षम र सफल हातहरुले आशाको लहरहरु फिजाउने दिनहरुको सुरुवात हुन्छ । ती निमुखा आमा, बुबाको दश नङ्ग्रा खियाएर आफनो कर्तव्यको पालो केहि हदसम्म पुरा गरि दिएका हुन्छन् । तर पनि उहाँहरुको नजरमा आफना सन्तान दुधे बालखा नै सम्झनछन् । पाँच वर्षो उमेर देखि त्यो कोरा कागत र मसि साथमा च्यापेर हिड्न सुरु गरेको पच्चिस औं बसन्तसम्म पनि सिरानीमा साक्षि बनाएर साथ दिई नै रहे । अब शुरु भयो आफना मातापिताको पसिनाको थोपाहरुलाई भुईमा बिलिन हुनबाट बचाउन । केवल उ संग पच्चिसऔं बसन्त पछिको उपहार भने पनि कर्मको फल भने पनि आफना ति दिनहरुलाई चिनाउने प्रमाण थियो लब्धाङ्गक पत्र अथवा प्रमाण पत्र । न त उसको पछाडि कुनै हुकुमबादि शासन चलाउने हात नै थियो न त उसँग कसैलाई किन्न सक्ने मनग्य धन दौलत नै थियो । आफनो कर्मको प्रतिफललाई उपभोग गर्न आफुले ज्ञान हासिल गरेको प्रमाण पत्र लिएर आफनो योग्यताको कदर हुने पदको लागी लडाई गर्न शुरु गरे । त्यो लडाईको गन्तव्य कहिले पुरा हुन सकेन र आफुले आफुलाई धिकार्दै हार खाएको महसुस गर्न पुगे । त्यो हारले आफनो मनोबल गिराउने काम गर्‍यो मलाई । अनि इमान्दारी र बफादारिको शब्द देखि यो मन जल्न थाल्यो । जो ति हातहरुले कलम समाउन सक्ने सामर्थ्य नभएकाहरु आज अहिसा महलमा राज गरि बसेका छन् । आफनो त्यो उत्कृष्टताको अबमुल्यन भएको देख्दा त भौतारिन बाहेक अरु के नै गर्न सक्थे र । इज्जत र कदर भन्ने शब्दको अबमुल्यन भए पछि त्यहाँ के कुराको सृजना हुन्छ होला । त्यो कुरा त जो कोहिलाई पनि अवगत हुनु पर्ने हो । जालि फटाहाको संजालमा परे पछि आफुले आफैलाई बिर्सनु पर्ने बाध्यता किन पर्दो रहेछ भन्ने कुराको जानकारी यस्तै पिडा ,नाताबाद र कृपाबादले सृजना गरेको हुदो रहेछ । मेरो कोमल मनहरु तड्पिन थाल्यो के थाहा भयो र सधै परिवर्तनको बाटोमा पाईला हाल्नु पर्छ नयाँ सोच नयाँ बिचारको समय भोगि हुनु पर्छ भनरे किताबका पन्नामा पढेको थिए र ठुला बढाहरुको भाषणमा सुनेको थिए । ति सबै मुखले राम राम बगलिमा छुरा सावित हुदो रहेछ । आफुलाई त धाप मारिदिने हातहरु कसैको थिएन । ति मेरा सपना छताछुल्ल र लथालिङ्ग हुन पुग्यो । त्यसैले गर्दा नचाहदा नचाहदै पनि मुग्लानिया बन्न बाध्य गराई दियो मलाई । आफना बाबू आमाको पसिनाको भारालाई हेरि बस्न सक्दिन थिए । त्यो पसिनाको भाराको मुल्य चुकाउनलाई मेरो अन्तिम उपाए थियो बैदेशिक रोजगार त्यसैले बिवश भएर लाचारिपन देखाउदै जानि जानि अर्काको देशमा गुलाम बन्न बाध्य हुनु पर्‍यो मलाई । म भन्ने गर्दथे धन दौलत मानवको अहमताको धमण्डीपन देखाउने चिज भनेर तर के गर्नु यो निर्लज्ज संसारमा र्सवप्रथम आफनो पाईला भन्दा धनको पाईला अगाडि हुदो रहेछ । आफनो पच्चिसौ बसन्तको उपलब्धिलाई लत्याएर गुलामी सेवाको लगामलाई अङ्गाल्न बाध्य हुन पुगे । साहुसँग ऋण लिएर आफनो प्यारो जन्मभुमी र माता पिता स परिवारलाई चटक्क छाडेर मुग्लानिया हुन पुगे ।गराई भन्दा खोकाई बढि भएको देशका शासकहरुको नाताबाद र कृपाबादको मन्त्रसँग लड्न सक्ने सामर्थ्य मसँग थिएन । त्यसैले यो दिनको सुरुवात गर्नु पर्‍यो मलाई । परदेशमा धेरै धन दौलत कमाइन्छ, आफनो जिवन यापनको लक्ष नै परिवर्तन हुन्छ भनेर अरुको मुखबाट सुनेको थिए र पत्र पत्रिकामा पनि पढेको थिए । त्यस्ता सुनौला भविष्य जिउन पाउने अनुभव स्वयम भोग्ने बाध्यातामा पर्न जानु बाहेक अरु बिकल्प मसँग थिएन । परदेशि दाम ,काम र बातावरण ठुलो धनराशि खर्च गरेर आफना हरेक इच्छा आकांक्षालाई नयाँ मर्ूहत रुप दिनलाई आतुर भएका मेरा मन बिदेशि रहन सहन ,सजि सजावतसंग घुलमिल हुन थाल्यो । सुरुका दिनहरु त रमाईलो नै भएर बित्यो जब महिनाको अन्तिम दिन आयो र आफनो परिश्रमको फल लिने समयले यो मनलाई तान्दै ल्यायो र आतुर हुन गयो जिवनको पौरखि हातको फल लिनलाई । आफनो परिश्रमको जति हिस्सेदार र भागिदार थिए त्यो पुरा पाउन सकिन विभिन्न बहानाहरु देखाएर कट्टा गरि करारमा तोके जतिको रकम पाउन सकिन अनि मेरो मानसपटलमा फेरि पनि बज्रिन थाल्यो शोषण दमन र अत्याचारको चित्र । न त मैले उजुर नै गर्न सक्थ्ये केवल जति दियो त्यतिमा नै चित्त बुझाएर लिनु पथ्र्यो । न त मसँग प्रतिकार गर्न कुनै माध्यम नै थियो । परदेशमा धनको बोट हुन्छ भन्ने उखानको पहिलो पाठ सिकियो । लामो समयको खटाई र बिभिन्न जोखिमपू र्ण कामसंगको मुकाबिला जीवनको कुनै टुङ्गो नहुने यो परदेशको आत्माहरु सधै रोई रोई आफनो पिडालाई आफु भित्रै लुकाएर जीवन जि रहेका हुदाँ रहेछन् । पारि गाँउको ठुलेले परदेशबाट कमाएर फलानो ठाउमा घडेरि किन्यो रे पारि गाँउका काकाले ठुलो घर बनायो रे भन्ने देखा सिकीलाई मात्र मध्य नजर राखेर हेर्ने हाम्रो बानिले कहिले पाउला फेरिन सकेन । के कति जोखिम दमन अत्याचार सहेर त्यो काका र ठुले दाईले प्रगति गरेको थियो त्यो कुराको चासो हामीलाई हुदैन केवल उसले कमाएको धनको मुल्यांकन मात्र गर्दछौ । अनि भन्ने गर्दछौ फलानाले यस्तो गर्‍यो ढिसानाले उस्तो गर्‍यो । काम कै शिलशिलामा परदेशिएका पारि गाँउका सानुकान्छा साहुको काम गर्दा गर्दै छतबाट खसेर एक्कासी आफनो एक मुठ्ठी सास परदेशमा नै छाड्नु पर्‍यो । पल्ला घरे सानी कान्छिले आफनो साहुको शारिरीक र मानसिक यातनामा आफुलाई आहुति दिन बाध्य भईन । ति निमुखा देशको चपेटामा पिल्सिएर परदेशमा पनि मानव तस्करहरुको हातबाट दुःख पाउने कोमल मनहरुको मर्म कसले बुझिदिने छ र । कसैले सोधेका छन् त ति दिन किन आयो भनेर । देशमा नयाँ परिवर्तन आयो रे खै कहाँ र कसलाई आयो । लाखौ धन राशि खर्च गरेर डाक्टर,इन्जिनियर,पाईलट बने तर खोई त्यसको मुल्य र मान्यता आज आएर परदेशको भुमीमा रोजि रोटिको लागि भौतारिएर आफुले आफैलाई समाधिस्तमा धकेल्नु परेको छ । देशको हालतले गर्दा परदेशिन बाध्य भएका कोमल मनहरुले बिना कसुर सडक पेटिको बास लिन पर्दा त नेपाल आमाको मन कति रोएका होला । हामी मध्यमा पनि केही पुराना मित्रहरु आफनो स्वार्थ पुरा गर्न तिर मात्र लागि पर्नु हुदो रहेछ । केाहि छिटै धनी बन्ने आशाले आफनै दाजु भाईलाई झुट्टा आश्वासन दिएर दुःखको समुन्द्रमा होमी दिदा रहेछन् । कोहि आफु चर्चित बन्ने तिर लागेर संगठन बिस्तार तिर लाग्दा रहेछन् । त पलानो पार्टि म फलानो पार्टी भनेर एक आपसमा मारा मार र काटा काट गर्ने नेता बादिहरु पनि हुदा रहेछन् । मेरो मन फेरि भौतारिन थाल्यो ति नेताबादि प्रकृयालाई देखेर त्यहि राजनितिकबादले गर्दा यो मरुभुमीमा उटले भोग्ने शासन भोग्नु परेको फेरि पनि त्यहिबाद सुन्दा त यो मनमा आगो दन्केर आउछ । हामीले त परदेशमा त आफनो हक र अधिकारको बिषयलाई लिएर पो अघि बड्नु पर्छ जस्तो मलाई लाग्दछ । आज ति निमुखा हाम्रा दाजु भाई र दिदी बहिनीहरुले अकालमा आफनो ज्यान गुमाउनु परेको र करार पत्रमा तोकेको काम र तलब नपाएर भौतारिएको पिडाको बिषयलाई लिएर स्वारमा स्वार मिलाएर किन र कसरि भन्ने प्रश्नको खोजी गर्ने बेलामा यो पार्टी र त्यो पार्टी भनेर समय बर्बाद गर्नु उचित लागेन मेरो नजरमा । केवल एक जुट हुनको लागिमा पार्टी खोल्नु पर्छ र सजिलो माध्यम - परदेशमा बस्ने परदेशिहरुलाई समेटेर बनाईएको प्रबाशि सन्जाल एन।आर। एन। के यो संस्थामा एक जुट भएर एक अर्काको पिर मर्का र खुशिलाई बाड्न सकिन्नौ र - आखिर हामी सबै नेपाली नै हो जो जहाँ पुगे पनि जो जसरि बसे पनि । सबैले आफुले जानेका र सिकेका सिपलाई सदुपयोग गरेर उपलब्धि हासिल गरेका छौ । हामी जहाँ गए पनि जहाँ भए पनि अखिर हाम्रो काम भनेको नाम र दाम कमाउने र नेपाल र नेपाली भनेर चिनाउने काम नै हो । कसैले जानेको र सकेको सेवा प्रदान गरेर पनि अरुको मन जित्न सफल भईन्छ नि त । हामीले बिभिन्न छत्र छायाँलाई अगालेर तेरो र मेरो भन्नु भन्दा पनि प्रबाशी नेपालीले चोखो नाम दिएर एन।आर।एन को छाता मुनी बसेर प्रबाशी मित्रहरुको मुख पात्र बनेर काम गर्न पाएमा हाम्रा ति निमुखा दाजुभाई र दिदी बहिनीको मनले शान्ति पाउने थियो र हामीलाई आशिक दिने थियो जस्तो मलाई लाग्थ्यो । पछि आउने हाम्रा ति निमुखा दाजुभाइ र दिदीबहिनीले दुख र सास्ति नभोगुन भनेर बलियो कानून बनाउनको लागि ति छरिएर गुन्जिएको स्वारहरु एक जुट भएर लाग्ने हो भने हामीले त्यस्ता दिनहरु फेरि पनि भोग्नु पर्ने थिएन जस्तो मलाई लाग्दछ । हामीले हाम्रो पार्टी यसो गर्‍यो हाम्रो पार्टी नेता आएर हामीलाई यस्तो भनेर गयो भन्नेको पछि लाग्नु नै हाम्रो भुल हो । के हामीलाई परदेश आउने बेला २ रुपैयाँ सहयोग गरेको थियो त । जनताको पसिनामा डुबुल्की मार्न पल्केका नेता भनौदाहरु देशको ढुकुटी रित्याउनको लागि बिदेशमा बिचार गोष्ठीमा भाग लिन आउछन् र एक अर्कामा भई राखेको मित्रताको कसिलाई नाङ्गो बनाईदिएर जान्छन्। आफुले बैदेशिक भ्रमण गरे बापत भत्ता पकाएर जान्छन उसको सेकेण्डको रफतारमा भत्ता पकि रहेको हुन्छ के तपाई हाम्रो त्यस दिनको काममा हाजिर नभएकोले दुर्इ दिनको तलब कम्पनिले कट्टा गरिदिन्छ अनि हामीलाई के उपलब्धि भयो त ति फोस्रा भाषण सुनेर ।त्यसैले पहिला आफनो लगामलाई दर्‍यो बनायो भने मात्र आफनो गन्तव्यलाई उजागर गर्न सकिन्छ । हामीले दश धारा पसिना बगाई कमाएर पठाएको हाम्रो सरकारलाई बैदेसिक रोजगारिबाट भित्रिएको रेमिटान्स कहाँ कसरि कसले उपभोग गरि रहेको छ त्यो हामीले कहिले बुझेका छौ । हामीले केवल कमाएर परिवार पाल्नु मात्र हाम्रो कर्तव्य पुरा हुदैन । हामीले नेपाल सरकारलाई कर तिरेका छौ त्यो हामीले किन तिरेको भन्दा हामीले आफनो हक हित र बिमा जिवन सुरक्षाको लागि हो हामीले नेपाल सरकारलाई कर तिरेका त्यसैले हामीले आफुले तिरेको कर कहाँ र कसरि कसले उपभोग गर्दै छ भन्ने कुराको जानकारी लिने अधिकार हामीलाई छ । बैदेशिक रोजगारीको शिलशिलामा बिभिन्न करणले गर्दा अल्प आयूमा सन्सारलाई छाडि जानु पर्छ त्यति बेला हामीले एक अर्काको मुख ताक्नु पर्छ हरेक साथि भाईको पसिनाको भार बोक्नु पर्छ त्यो हामीले बुझाएको रेमिटान्सको रकमबाट हामीले मृत्यु पश्चातको शब आफनो मानिसमा समयमा नै पुर्‍याई दिने र जिवन बिमाको सुबिधा उपभोग गर्न पाउने कानून बनाउनको लागी एक जुट भएर लाग्नु पर्‍यो त्यसैले एकले थुकी सुकी सयले थुकी नदि भन्ने उखानलाई मध्य नजर राखेर हामीले काम गर्‍यो भने भोलीका दिनमा हामीले पछुताउनु पर्ने दिन सृजना हुन पाउदैन । ति हाम्रा समस्यालाई मध्य नजर राखेर हातमा हात मिलाएर भोली बन्न गई रहेका संविधान लेखन कार्यलाई हाम्रो दुख याचना हुने र बैदेशिक रोजगारलाई र्सवसुलभ ढंगबाट कोहि कसैले कसैलाई नठगिने र अप्ठेरो नपर्ने किसिमले कानून बनाउनु पर्छ भनेर हामीले प्रबासबाट आवाज उठाउनको लागि कम्मर कसेर लागौ भन्ने मेरो अनुरोध छ सम्पूर्ण आफनो देश छाडेर प्रदेशि भएर कर्म थलो बनाएर बस्न बाध्य भएका मित्रहरुमा । त्यसैले मेरो बिचारमा परदेशि जीवनलाई योजना विहिन गन्तव्य भनेर परिभाषा गर्दैछु ।
हाल ईराक

No comments: