नेपालीको सान चन्द्र र सुर्य

PhotobucketPhotobucketPhotobucket

THINK WE ARE SAME

Photobucket

नयाँ राष्ट्रिय गान

सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भइ फैलिएका, मेची-महाकाली । प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल वीरहरुका रगतले, स्वतन्त्र र अटल ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल । बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।

नेपालीमा समय हेर्नुहोस्

Photobucket तपाईंहरुको लागि लेख रचनाको साथमा कथा,कबिता,गजल,पस्किन तयार भएको छु । Photobucket । /

शिव भगवान

शिव भगवान

गौतम बुद्ध

गौतम बुद्ध
शान्ति हिंसाबाट प्राप्त गर्न सकिँदैन, बरु शान्तिवार्तामार्फत प्राप्त गर्न सकिन्छ ।

http://www.baburambhattarai.com/

Photobucket I would rather die fighting than surrender to injustice & wrong-doing.

Friday, December 26, 2008

साउदी अरव सामान्य परिचय

साउदी अरब खाडी मुलुक मध्येको सबैभन्दा ठुलो देश हो । यो देशको पुरा नाम Kingdom of Saudi Arabia हो । जुन राजतन्त्रात्मक देश हो । यो एशिया महादेशको दक्षिण-पश्चिम भागमा अवश्थित छ । यसको ८५% जति Arabian Peninsula को क्षेत्र पर्दछ । यसको पश्चिमी बोर्डरमा जोर्डन, इराक तथा कुवेत पर्दछ भने उत्तरी सीमानामा द अरेबियन गल्फ, वहराइन, कतार तथा दुबइ पर्दछ । त्यस्तै पूर्वमा यमन र ओमन दक्षिणमा पर्दछ । यसको क्षेत्रफल २.२५ मिलीयन स्क्वाएर किलोमिटर छ । Administrative Area: The kingdoms of Saudi Arabia Consists of 13 administrative area and each area consists of a number of Provinces as follows: Category A: 43 Provinces Category B: 61 Provinces बिधान र सरकार :Based on the Holy Quran and Prophet's administrative Sunnah. The system of government is a royal Dynasty with the King, the Cabinet and Shura Council constituting the executive and legislative powers in the country. हावापानी : गर्मी सीजनमा तातो तथा सुख्खा हावा बहन्छ भने जाडोमा ज्यादै चिसो सीरेटो चल्ने गर्दछ । जसले गर्दा गर्मीमा ज्यादै गर्मी र जाडोमा अत्यन्तै ठण्डा महसुस हुन्छ । जसको कारर्णर् बाह्रै महिना यहाँ Air Condition प्रयोगमा ल्याइएको पाइन्छ । सबैभन्दा बढी गमी Alsarwat र Aseer Mountain क्षेत्रमा हुने गर्दछ । जनसंख्या : यहाँको जनसंख्या १६, ९२९, २९४ छ जसमा १२, ३०४, ८३५ साउदीहरु छन भने बाँकी बाहीरी मुलुकहरुका छन् । राष्टिय दिवश : २३ सेष्टेम्बरको दिनलाई यो देशमा राष्टिय दिवश मनाउने गर्दछन् । स्व. राजा अव्दुल अजिज अल साउदले सन १९३२ मा kingdom of Saudi Arabia लाई एकताको मालामा गाँसेका थिए । यहाँको धर्म इस्लाम हो । यो बिश्वकै कट्टर इस्लामिक देश हो । यहाँका इस्लामीहरु दिनमा ५ पटक मस्जिदमा गइ नमाज पढ्दछन् । जस्तोसुकै काममा व्यस्त भएपनि नमाज पढ्ने सयय भएपछि उनिहरु कामलाई त्यत्तिकै स्थगितगरी नमाज पढ्नमा सरिक हुन्छन् । राजधानी र प्रमुख शहरहरु: साउदी अरबको राजधानी रियाध हो । जसको क्षेत्रफल १६०० स्क्वाएर किलोमिटर छ । यहाँको जनसंख्या ३ मिलियन छ । साउदी अरेबियाको मुख्य शहरहरुमा २ वटा धार्मिक स्थलहरु मक्का र मदिना पर्दछन भने अन्य शहरहरुमा जेद्दा, दमाम, अभा, हायल, अलबहा, खोवर, तायफ, ताबुक, इशा, नाजरन, जीजान र अलजोफ पर्दछन् । मक्का र मदिना बिश्वकै चर्चित इस्लामिक धार्मिक स्थल हो । जहाँ उमराह र हज गर्नको लागि बिश्वकै इस्लामिक धर्मालम्बीहरु त्हाँ जान्छन् । जेद्दा शहरलाई रेड सि को मुख्य सिपोर्ट को रुपमा चिनिन्छ । यहाँको डेभलोपमेन्ट हर्ेदा साउदी अरबको सबैभन्दा आधुनिक शहर भनेर चिन्न सकिन्छ । यसको शहरी एरिया ४० कि. मी. मा फैलिएको छ । यो देशको राष्टिय भाषा अरेबिक हो । यो भाषा लेख्दा ठीक हामीले लेखेको भन्दा उल्टो दिशाबाट लेख्न सुरु गरीन्छ । हामी बायाँबाट सुरुगरी दायाँतिर लेख्छौ भने यो भाषा ठीक बिपरित दायाँबाट शुरुभइ बायाँतिर आउँछ । यस भाषामा लेखिएका पुस्तकहरु पनि ठीक उल्टो हुन्छ । हामी अगाडीबाट पढ्दै जान्छौ भने यो पुस्तक पछाडीबाट पढ्दै आउनुपर्ने हुन्छ । यहाँको समय नेपालको समयभन्दा २ः४५ मिनेट ढिलो छ । नेपालमा बिहानको ९:४५ बज्दा साउदी अरबमा ७:०० बजेको हुन्छ । यो समय GMT भन्दा ३ घण्टा चाँडो छ । यहाँको सरकारी कार्यालयहरु हप्तामा शनिबारदेखी बुधबारसम्म ५ दिनमात्र बिहान ०७:३० देखी १४:३० सम्म खुल्छन । बिहीबार र शुक्रबार सरकारी कार्यालयहरुमा छुटी हुन्छ । बैंकहरु ०८:०० देखी १२:०० सम्म र १६:३० देखी १९:०० सम्म् खुल्ने गर्दछ । सपिङ्ग सेन्टर तथा मार्केट भने सामान्यतया २२:०० सम्म खुल्दछन् । अरु इस्लामिक छुटीहरु, Lesser Bairam (Fitr): 25th Ramadan to 5 Shawal, Greater BAiran (Adha): from 5th to 15th Thil Hijjah Arabic Calendar अनुसार हुने गर्दछन् । रमादानको एक महिनाको अवधिमा इस्लामी धर्मालम्बीहरु घाम अस्ताएपछि र घाम उदाउनु अघि खाना खाने गर्दछन् । दिनको समयमा पानी समेत पिउँदैनन् । अरु र्ध्मालम्बीहरुले समेत यो अवधिमा उनिहरुको अगाडी केही पनि खाने पिउने गर्दैनन । यदि त्यस्तो भएमा कानुन बिपरति हुन्छ र सजायँ दिन पनि सक्छन् । यसदेशका नागरिकहरु १००% इस्लाम धर्मलम्बी छन् । इस्लाम धर्म नलिने व्यक्तिहरु यहाँको नागरिक हुन सक्तैनन् । साउदी अेरबियाको मुद्रा रियाल हो । यो एक यु एस डलर = ३.७५ रियाल हुने गर्दछ ।

No comments: