नेपालीको सान चन्द्र र सुर्य

PhotobucketPhotobucketPhotobucket

THINK WE ARE SAME

Photobucket

नयाँ राष्ट्रिय गान

सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भइ फैलिएका, मेची-महाकाली । प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल वीरहरुका रगतले, स्वतन्त्र र अटल ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल । बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।

नेपालीमा समय हेर्नुहोस्

Photobucket तपाईंहरुको लागि लेख रचनाको साथमा कथा,कबिता,गजल,पस्किन तयार भएको छु । Photobucket । /

शिव भगवान

शिव भगवान

गौतम बुद्ध

गौतम बुद्ध
शान्ति हिंसाबाट प्राप्त गर्न सकिँदैन, बरु शान्तिवार्तामार्फत प्राप्त गर्न सकिन्छ ।

http://www.baburambhattarai.com/

Photobucket I would rather die fighting than surrender to injustice & wrong-doing.

Monday, October 20, 2008

गैरआवासीय नेपालीद्वारा दोहोरो नागरिकता माग

गैरआवासीय नेपाली (एनआरएन) सङ्घका अन्तरराष्ट्रिय अध्यक्ष उपेन्द्र महतोसहितको प्रतिनिधिमण्डलले बिहीबार, राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री वामदेव गौतम, कानुन, न्याय तथा संविधानसभा मन्त्री देव गुरुङ, परराष्ट्रमन्त्री उपेन्द्र यादवलगायतसँग भेटघाट गरेको छ।भेटका अवसरमा राष्ट्रपति डा. रामवरण यादवले देशमा आर्थिक विकासलाई गति दिन नसक्ने हो भने प्राप्त राजनीतिक परिवर्तन दिगो नहुने बताउनुभएको थियो । गैरआवासीय नेपाली प्रतिनिधिहरुसँगको भेटमा राष्ट्रपति यादवले अहिलेको जस्तो अप्ठ्यारो परिस्थितिमा पनि गैरआवासीय नेपालीहरुले देशप्रति देखाइरहेको सद्भावको सराहना गर्नुभयो ।भेटमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष डा. उपेन्द्र महतोले नेपालको अवस्था जटिल नै भए पनि गैरआवासीय नेपाली हतोत्साही नभएको बताउनुभयो । संघका प्रतिनिधिहरुले बिहीबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी गैरआवासीय नेपालीका लागि दोहोरो नागरिकतालगायतका विषयमा आफ्नो कुरा राखेका थिए । भेटमा प्रधानमन्त्री प्रचण्डले अहिलेको सरकारले विश्वका अन्य देशहरुसँग समन्वय गर्दै नेपालभित्र लगानी मैत्री वातावरण बनाउन लागेको बताउनुभयो।त्यसैगरी उपप्रधानमन्त्री बामदेव गौतमसँग पनि एनआरएन प्रनिनिधि मण्डलले बिहीबार नै भेट गरेको छ। सो अवसरमा गौतमले गैरआवासीय नेपालीको दोहोरो नागरिकताको मागसम्बन्धी विषयलगायत अन्य समस्या समाधानका लागि प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दै गैरआवासीय नेपालीलाई मातृभूमिको आर्थिक, सामाजिक, साँस्कृतिक, पर्यटकीयलगायतका क्षेत्रमा खुला हृदयले लगानी गर्न आग्रह गर्नुभयो ।सो अवसरमा गृहमन्त्री बामदेव गौतमले देशमा सशस्त्र समूहका कारण अझै शान्ति सुरक्षामा समस्या परेको बताउनुभएको थियो । प्रतिनिधिमण्डलका तर्फबाट अध्यक्ष महतोले गैरआवासीय नेपालीलाई दोहोरो नागरिकता दिन छिटो कानुनी व्यवस्था गरिनुपर्ने, नेपालबाट विदेश जाने सरकारी प्रतिनिधिमण्डलमा सम्बन्धित देशको एनआरएनको एकजना प्रतिनिधिको प्रतिधित्व हुने व्यवस्था औपचारिकरुपमा नै गरिनुपर्ने तथा नयाँ संविधान लेखन कार्यमा गैरआवासीय नेपालीका तर्फबाट विदेशमा रहेको नेपालीको विशिष्टतालाई उपयोग गर्ने मौका मिलाइदिनुपर्ने माग गर्नुभएको थियो । बिहीबार नै गैरआवासीय नेपालीहरुको प्रतिनिधि मण्डलले नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, परराष्ट्रमन्त्री उपेन्द्र यादवलगायतसँग पनि भेटघाट गरेको थियो । यही १३ अक्टोबरका दिन स्थानीय रुपान्तरणमा गैरआवासीय नेपालीको भूमिका भन्ने नाराका साथ गैरआवासीय नेपाली दिवस मनाउन नेपाल आएका एनआरएन प्रतिनिधिमण्डलले सरकारी अधिकारीहरुसँग भेट गरेको हो । भेटमा एनआरएन अध्यक्ष डा. उपेन्द्र महतोका साथै उपाध्यक्षद्वय देवमान हिराचन, रामप्रताप थापा, देवमान हिराचन, युरोप क्षेत्रीय संयोजक चिरञ्जीवी ढकाल, एनआरएन प्रवक्ता डा. जुगल भुर्तेललगायतको सहभागिता रहेको थियो।
साभार फ्रीनेपाल
बिजय

No comments: