जिवनसँग लड्दालड्दै थाक्न थालेको छु
हिजो आज थोरै थोरै चाख्न थालेको छु ॥
परिआउँदा आफन्तले हात भिmकी दिन्छन्
यसैसँग हार गुहार माग्न थालेको छु ॥
विश्वासको विश्वास नै दुश्मन भयो आज
त्यसैकारण्ा सच्चार्इदेखि भाग्न थालेको छु ॥
कसैबाट नपाएको उर्जा यसले दियो
जिन्दगीको रथ मैले हाँक्न थालेको छु ॥
पशुपति गुहेश्वरी धाएँ वागिश्वरी
मधुशालातिर अब लाग्न थालेको छु ॥ ॥ ॥
बिजय ईराक
No comments:
Post a Comment