तिमी आयौ वहार ल्यायौ मेरो आँगनमा,
खुसी ल्यायौ उमंग ल्यायौ दुःखी जीवनमा
भत्किएथे मनहरु उजाड उजाड थियो
भत्किएथे मनहरु उजाड उजाड थियो
कहा थियौ आजसम्म मनले खोज्दै थियो
बिहानीको घामसँगै खुसी छायो मनामा
खुसी ल्यायौ उमंग ल्यायौ दुःखी जीवनमा
जून जस्तै शितल तिमी समुन्द्र झै शान्त रहिछौ
जून जस्तै शितल तिमी समुन्द्र झै शान्त रहिछौ
आकाश झै विशाल तिमी धर्तीकै टुक्रा रहिछोऊ
चन्द्रमा झै शितल छायौ सधै मिलानमा
खुशी ल्यायौ उमंग ल्यायौ दुःखी जीवनमा
भन्छन् सबै सबै गाउँछन् आफ्नै कथा व्यथा
भन्छन् सबै सबै गाउँछन् आफ्नै कथा व्यथा
भूले सबै सबै छाडे तिम्लाई पाए यता
तिमी जस्तै सुवाशिली छैनन् अरु संसारमा
खुशी ल्यायौ उमंग ल्यायौ दुःखी जीवनमा
बिजय श्रेष्ठ हाल ईराक
No comments:
Post a Comment