आजबाट मुसलमान धर्मावलम्बीहरुको रमजान सुरु भएको छ। आजदेखि विश्वभरका मुसलमानहरुले जस्तै रमजानका अवसरमा नेपाली मुसलमानहरुले ३० दिनसम्म रोजा व्रत सुरु गर्दैछन्। रमजान महिनामा बिहान ५ बजेअघि नै सेबईलगायतका चोखो खाना खाएपछि साँझ घाम डुबेपछिमात्र रोजा समाप्त हुन्छ। मुस्लिम धर्ममा मुसलमानहरुले रोजा महिनालाई पवित्र महिनाका रुपमा लिने भएकाले यो समयमा कुरा काट्न, झुटो बोल्न, जुवातास खेल्न, अनावश्यक काम गर्न र योन सम्पर्क गर्न मनाही गरिएको छ। ३० दिनसम्म रोजा व्रत बसेमा पुण्य प्राप्ति हुनुका साथै पाप नास हुने उनीहरुको विश्वास छ। ३० दिन लामो यो व्रत बसेपछि मुसलमानहरुले महान पर्व इद उल फित्र मनाउँछन्।
बिजयकुमार श्रेष्ठ
हाल इराकबाट
बिजयकुमार श्रेष्ठ
हाल इराकबाट
No comments:
Post a Comment