
प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ मन्त्रिमण्डलका ८ जना सदस्यलाई शुक्रबार राष्ट्रपति भवनमा पद तथा गोपनीयताको सपथ खुवाउनु भएको छ। शुक्रबार सपथ लिनेमा नेकपा माओवादीका चार र मधेशी जनअधिकार फोरमका चार जना रहेका छन् । सत्तासाझेदार नेकपा एमालेले भने मर्यादाक्रममा दोस्रो स्थान नपाएको भन्दै सपथ ग्रहण कार्यक्रममा भाग लिएन । विस्तारिक मन्त्रिमण्डल अनुसार अर्थमन्त्रीमा डा. बाबुराम भट्टराई, परराष्ट्रमन्त्रीमा उपेन्द्र यादव, रक्षा मन्त्रालयमा रामबहादुर थापा बादल, भौतिक योजना तथा निर्माणमा विजयकुमार गच्छदार, सूचना तथा संचार मन्त्रीमा कृष्णबहादुर महरा, कानुन तथा व्यवस्थापिका संसदीय मन्त्रीमा देव गुरुङ, कृषि तथा सहकारीमा जयप्रकाश गुप्ता र शिक्षा मन्त्रीमा रेणु यादव हुनुहुन्छ ।
No comments:
Post a Comment