२८ श्रावण - काठमाडौं । 'युवा र जलवायु परिवर्तन : समय क्रियाशीलताको' भन्ने नारा सहित नेपालमा पनि मंगलबार अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो ।
युवासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा युवाहरुलाई नै क्रियाशील तुल्याउन सन् २००० देखि हरेक वर्ष अगष्ट १२ का दिन विश्वभरी यो दिवस मनाउने गरिएको छ ।
यसै अवसरमा विभिन्न संघसंगठनहरुले राजधानीमा चेतनामूलक र्याली निकाले । युवाहरु देशका शक्ति हुन्, वातावरण संरक्षणका लागि टायर नबालौं, आन्दोलन-हड्ताल होइन, देश विकासमा जुटौं जस्ता प्लेकार्ड बोकेको र्यालीले नगरको विभिन्न भागको परिक्रमा गर्यो ।
यही अवसर पारेर राजनीतिशास्त्र विद्यार्थी संघले पनि राजधानीमा र्याली निकाल्यो ।
यसै अवसरमा मंगलबार राजनीतिक दलका युवा नेताहरुले युवा मन्त्रालय गठन गर्न माग गरे । मुलुकमा हुने राजनीतिक घटनाक्रमप्रति युवाहरु सचेत हुनु पर्नेमा उनीहरुको जोड थियो ।
शिव भगवान
गौतम बुद्ध
http://www.baburambhattarai.com/
Wednesday, August 13, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment