नेपालीको सान चन्द्र र सुर्य

PhotobucketPhotobucketPhotobucket

THINK WE ARE SAME

Photobucket

नयाँ राष्ट्रिय गान

सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भइ फैलिएका, मेची-महाकाली । प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल वीरहरुका रगतले, स्वतन्त्र र अटल ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल । बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।

नेपालीमा समय हेर्नुहोस्

Photobucket तपाईंहरुको लागि लेख रचनाको साथमा कथा,कबिता,गजल,पस्किन तयार भएको छु । Photobucket । /

शिव भगवान

शिव भगवान

गौतम बुद्ध

गौतम बुद्ध
शान्ति हिंसाबाट प्राप्त गर्न सकिँदैन, बरु शान्तिवार्तामार्फत प्राप्त गर्न सकिन्छ ।

http://www.baburambhattarai.com/

Photobucket I would rather die fighting than surrender to injustice & wrong-doing.

Wednesday, August 13, 2008

गर्भावस्थाः मिथक र सत्य

कोही महिला गर्भवती भएको चाल पाउनेबित्तिकै चिनेजानेका आफन्तहरू जन्मिने बच्चाको लिंग, रूप, रङ आदिका बारेमा अनुमान लगाउन थाल्छन् । बच्चा पेटभित्र भएको बेला गह्रौं महसुस भयो भने छोरी जन्मने, पेट तल बसेको छ भने छोरा जन्मिन्छ र माथि बसेको छ भने छोरी जन्मन्छ आदि ।
यस्ता कथाहरू हामीले हाम्रा हजुरआमाको समयदेखि सुन्दै आयौँ । र, केही हदसम्म विश्वास गर्दै पनि आएका छौँ । तर, यहाँ गर्भावस्थाका विषयमा केही जानकारी प्रस्तुत गरिएका छन्, जसले यस्ता मिथकबाट सत्य खोज्ने प्रयास गर्छ ।
मिथक : यौनसम्बन्ध राखिसकेपछि टाउको टेकेर उभिएमा गर्भवती हुने सम्भावना बढ्छ भन्ने मिथक हाम्रो समाजमा प्रचलित छ ।
सत्य :यौनसम्र्पकपछि २०/३० मिनेटसम्म सुत्नाले वीर्य भित्रै रहन्छ । यसले गर्भवती हुने सम्भावना बढाउँछ । तर, टाउको टेकेर उभिँदा गर्भवती हुने सम्भावना बढ्ने मिथकलाई विज्ञानले मान्दैन । अहिलेसम्म यो कुरा प्रमाणित भएको छैन । बरू, टाउको टेकेर उभिँदा घाँटी भाँचिन वा मर्किन सक्छ भन्नेचाहिँ वैज्ञानिक रूपमा प्रमाणित छ ।

मिथक: तपाइर्ंको पेटको आकार र उचाइले बच्चाको लिङ्ग निर्धारण गर्छ महिलाको पेटको तल्लो भाग ठूलो छ भने छोरा हुन्छ र माथिल्लो भाग ठूलो भएमा छोरी जन्मन्छ भन्ने मिथक छ ।
सत्य: यो सत्य होइन । पेटको कुनै भाग ठूलो हुने-नहुनेमा महिलाको मांसपेसी, पाठेघरको स्थिति, र बच्चा बसेको स्थानमा भर पर्छ । बच्चा जन्माउने दिन नजिकिँदा पनि पेटको तल्लो भाग ठूलो देखिन्छ । पेटको तल्लो वा माथिल्लो भाग ठूलो भएको आधारमा छोराछोरी निर्धारण गर्न सकिँदैन । छोराछोरी छुट्टाउने सर्वाेत्तम उपाय भनेको डाक्टरकोमा गएर अल्ट्रासाउन्ड गर्नु नै हो ।
मिथक: भ्रुणको मुटुको धड्कनले बच्चाको लिङ्ग निर्धारण गर्छ ।
सत्य : सामान्य भ्रुणको मुटुको धड्कन प्रतिमिनेट ११० देखि १६० सम्म हुन्छ । यद्यपि, केही मानिसहरू छोरी भ्रुणको मुटुको धड्कन बढी हुने तथा छोरा भ्रुणको कम हुने ठान्छन् । तर, मुटुको धड्कनका आधारमा भ्रुणको लिङ्ग निर्धारण गर्न सकिनेबारे कुनै वैज्ञानिक अध्ययनले देखाएको छैन । भ्रुणको उमेर तथा उसको हलचलका आधारमा मुटुको धड्कन भर पर्छ ।

मिथक: गर्भवती भएको बेला अनुहारको आकार र पूर्णताले बच्च्ााको लिङ्ग निर्धारण गर्न सक्छ ।
सत्य :प्रत्येक गर्भवती महिलाको तौल एकै प्रकारले बढ्दैन, फरक हुन सक्छ । साथै, उनीहरूको छाला पनि फरक ढंगले परिवर्तन भएको हुन्छ । छोरी जन्मने भएमा तपाईंको अनुहार गोलो र गुलाबी हुने विश्वासलाई विज्ञानले सत्य मान्दैन ।
मिथक : गर्भवती हुँदा छातीमा केही दुखाइ महसुस गर्नुभएको छ भने धेरै कपाल भएको बच्चा जन्मन्छ ।

सत्य : यो पनि गलत । किनभने गर्भवती भएको बेला छाती दुख्नु सामान्य हो । यो धेरै कपाल भएको झ्याप्ले बच्चा जन्मने निर्धारक कुरा होइन ।
यस्ता प्रचलित मिथकहरू सुन्नमा रमाइला हुन्छन् । तर, गर्भवतीसम्बन्धी केही सुझाव लिनुछ भन्ने यस्ता मिथकको भर नपरी डाक्टरको सल्लाह लिनुपर्छ ।
प्रत्येक गर्भवतीको अवस्था फरक हुन्छ । त्यसैले यस्ता मिथकको पछि नलागी आफ्नो गर्भावस्थाका बारेमा डाक्टरको सल्लाह लिनुपर्छ ।
अन्तमा, गर्भवतीसम्बन्धी यस्ता मिथकको रमाइलो लिनुहोस् । तर, आफ्नो स्वास्थ्यमा असर पार्ने केही कदम उठाउनुभन्दा पहिले डाक्टरको सल्लाह लिन नर्बिसिनुस् ।

No comments: