यो एउटा धेरै प्रशन्नताको कुरा हो जसमा हामी नेपालीहरू सशब्द ध्वनित र भावनाले सुसंगठित भैरहेका हुन्छौं अनि कार्यमा हाम्रा ती भावनाहरू अनूदित गरेर हामी जिन्दगानीका नरम र कठोर मुहावराहरू कदमकदमका छापमा छाप्दै अघि बढीरहन्छांंै । र त्यो ध्वनि प्रवासको हुनेछ, जहाँ एकातिर शश्यश्यामल धनाढ्यता र हराभरा हरियाली अनि स्वस्थ प्रजातन्त्रका कानूनी राजमार्गदेखि जिम्मेवार वैयक्तिक जीवनका स्वतन्त्र गोरेटाहरू सुसम्पन्न छन् भने अर्कातिर अनन्त मरूभूमिमा नेपाली आत्माहरू फेरि उस्तै रहरिला नेपाली सद्भाव लिएर मानसिक भौतिक मरुभूमि सिञ्चन गर्न लागि परेका छन् - देशविदेशका सारा नेपालीहरूका लागि । एउटै प्रसङ्गले मात्र होइन यो कुरा अनेसास च्याप्टर र यसैको अर्न्तर्दृष्टि, तथा अन्य 'चैातारी' र 'प्रवासी आवाज' लगायत विविध इर्-जर्नल र साहित्यिक सांस्कृतिक कार्यक्रमका गतिविधिहरूले पुष्टि गरिरहेका छन् । यी शब्दहरू साउदी अरबियाका र्सवसाधारण अर्थमा सबै नेपाली र विशिष्ट अर्थमा अनेसास च्याप्टरका मित्रहरूको प्रतिध्वनि स्वरूप पुष्पित भैरहेछन् । हालमा यस्ता कमवेसी जमर्काहरू विश्व नेपाली साहित्यिक-सांस्कृतिक संसद अथवा अनेसासका विविध च्याप्टरहरूमा भरमग्दुर भैरहेका पनि छन् ।
No comments:
Post a Comment