शिशिरको पतझर जसरी तिमीलाइ बाई बाई भनियो
बसन्तको पालुवा जसरी नयाँ वर्षतिम्रो स्वागत गरियो
भए गरेका पुराना रिस राग बिर्सीएर नयाँ उमंग भरियो
नयाँ खोज र सृर्जनाको अनुगमनको खोजि तिर लागियो ।।
शब्दको कोशेलीले मायाजाल रच्दै माया फिजाउन थालियो
उपहार के नै छ र सुहाउने मसँग तिमीलाई दिन लायकको
स्वाँर र व्याञ्जन वर्णको शुभकामना तिमीलाई टक्रर्याइयो
अमुल्य चिज सम्झि ग्रहण गरि दिनु यो गजल रुपि उपहारको ।।
नयाँ वर्षशुभकामना तिमीलाई शान्ति र अमनचयनको
सन्सार भर स्वाच्छ र शान्त वातावरण बनाउने आधारको
विश्वलाई उर्जा शिल र बेरोजगार बनाउने साभारको
नयाँ वर्षशुभकामना छ तिमीलाई नयाँ सोच र बिचारको ।।
खुशीले भरियोस मन सफलताको नयाँ बनोस कहानी
नयाँ वर्षे ल्याओस सबैको जिवनमा सुनौलो विहानी
२००८ को बिदाई २००९ को आगमनको मनोकामना
नयाँ बसन्तको पालुवाले सजियोस भन्ने मेरो शुभकामना ।। ।।http://http://www.nepalarab.com/sahitya.php?id=126
यस्तो कथा कहिल्यै सुन्न नपरोस्
4 days ago
No comments:
Post a Comment