सुमन बगाले आबुँ खैरेनी ५ ढकलटार तनहुँ (हाल इराक )
घरै जान्न म जहिलेपनि श्रीमतिको
गनगनी बोल्छे झर्की हेर्छे तर्कि रिसले घुम्छे भनभनी
मेरोपनि त्यस्तै हून्थ्यो अहिले भाएको छ शान्त
चुपचाप हुन्छिन उनी जब गन्छु दाम खनखनी ।
दिन दिनै गन्ने दाम कहा पाउछ तिमीले
मन्त्रालयमा बसेर घुस खान्छौ कि त दनदनी ।
खान्न भन्दापनि आजभोली सुखै पाइदैन हेर साथी
बोकी ल्याउछन दिन भनि झोलामा खादि टनटनी ।
अख्तियारले घेरा हाल्ला जाला मान इज्जत पनि
दिए भन्दै जनताले ननिल्नु नी घुस सनसनी ।
अख्तियार र घुसको सम्बन्ध निकै गहिरो बन्दैछ
घुस बजाउछ ताली अख्तियार नाच्छ फनफनी ।
भन्छन घुस दिने घुस खाने दुबै देशको शत्रु हुन
तर के गर्ने हजुर हो नेपाली जनता नै बेइ मानी …।
शिव भगवान
गौतम बुद्ध
शान्ति हिंसाबाट प्राप्त गर्न सकिँदैन, बरु शान्तिवार्तामार्फत प्राप्त गर्न सकिन्छ ।
http://www.baburambhattarai.com/
Thursday, December 25, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment