मायालुकॊ आङकुसेमा
श्रेष्ठ बिके -ईराक बलाद
पानीको गहिराई कसलाई के थाहा त्याहा भुमरि पो रहेछ माया दिनेको मन कसलाई के थाहा एकोहोरीएको हुदो रहेछ कसरि पत्ता लगाउनु माया कहाँ छ र मुल्य कति पर्ने रहेछ विश्वासको आधारमा जोडिएर संसार चलाउनु पर्दो रहेछ ॥ न त सानो ठुलो नै भन्ने गर्छ न त उमेर नै नाप्दो रहेछ अन्तर आत्माको भावनालाई साटेर भाव विहलमा बग्दो रहेछ समुन्द्र पारि पनि मायाको तिरले हानी वर्षा झारि दिदो रहेछ उराठ लाग्दो जिन्दगीलाई पनि सरलतामा भिजाई दिदो रहेछ ॥ मायाले भिजेको जिवनमा काउसाको बिरामी सर्दो रहेछ काउकुतिले सताउन थालेपछि कहिले भेट्ने पार्दो रहेछ समयको चक्रव्यूहलाई भुल्नु पर्नेसम्म बाध्य पार्दो रहेछ मायालुकॊ आङकुसेमा फस्न सारै गाह्रो पो पर्दो रहेछ ॥
No comments:
Post a Comment