
अर्को लडाकु दस्ताः विभिन्न राजनीतिक दलले लडाकु दस्ता गठन गरी सामाजिक सद्भाव बिथोलेको आरोप लागिरहेका बेला युथ भोलिन्टियर नामक अर्को संगठनको जन्म भएको छ। माओवादीको योङ कम्युनिष्ट लिग वाइसीएल, नेकपा एमालको युथ फोर्स, नेपाली कांग्रेसको तरुण दलको मात्र होइन मधेशवादी दलहरुलेसमेत आ-आफ्नो दस्ता खडा गरिरहेका बेला यो नयाँ संगठन अस्तित्वमा आएको हो । संगठनले शनिबार राजधानीमा प्रगतिशील युवा संघको नाममा एक पत्रकार सम्मेलन गरी सो संगठनको घोषणा गरेको हो ।







No comments:
Post a Comment