नेपालीको सान चन्द्र र सुर्य

PhotobucketPhotobucketPhotobucket

THINK WE ARE SAME

Photobucket

नयाँ राष्ट्रिय गान

सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भइ फैलिएका, मेची-महाकाली । प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल वीरहरुका रगतले, स्वतन्त्र र अटल ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल । बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।

नेपालीमा समय हेर्नुहोस्

Photobucket तपाईंहरुको लागि लेख रचनाको साथमा कथा,कबिता,गजल,पस्किन तयार भएको छु । Photobucket । /

शिव भगवान

शिव भगवान

गौतम बुद्ध

गौतम बुद्ध
शान्ति हिंसाबाट प्राप्त गर्न सकिँदैन, बरु शान्तिवार्तामार्फत प्राप्त गर्न सकिन्छ ।

http://www.baburambhattarai.com/

Photobucket I would rather die fighting than surrender to injustice & wrong-doing.

Tuesday, December 23, 2008

प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रचण्ड पत्र

लामो समयको अन्योलता अर्कमण्यता र संक्रणकालीन स्थितिलाई चुनौती दिंदै माओबादीले फेरी एकपटक राजनीतिक गेममा गोल गर्न सफल भएको छ । मलाई लाग्छ यो गोल नेपाली जनताको चाहना र भाबना अनुरुप नै भएको छ । बैचारिक मतभिन्नता र पार्टीगत नीति सिद्धान्तलाई पर सारेर आगामी दिनमा राष्ट्रियता गणतन्त्र र जनजीबिकाको पक्षमा कति डटेर काम गर्छ तपाइहरुको अग्नी परिक्षा अब सुरु भएको छ । सचेत र उत्सुक आँखाले नेपाली जनता गार्ड बसेर तपाइको परिक्षा लिइरहेका छन् । कमरेड प्रचण्ड सहमति सहकार्य गठबन्धन निरपेक्ष होइन सापेक्षतामा हुने गर्छन । राष्ट्रपतिको निर्वाचनमा बनेको ३ दलिय गठबन्धनको कारक तपाइहरु पनि हो । ठुलो दलको हैसियतले बिगतका बास्तबिक कमी कमजोरीहरुको समिक्षा पनि तपाइहरुले गर्नुभयो होला । जनयुद्ध भन्दा संसदीय लर्डांई पेचिलो र कठिनपूर्ण हुने यथार्थ तपाइहरुले ब्यबहारिक रुपमै यो २ बर्षमा भोग्नुभयो । तपाईहरु होसियार हुनुस् तपाईकै सिद्धान्त संसद खसिको टाउको झुण्ड्याएर खसिको मासु बेच्नेथलो लाई बस्तुगत यथार्थका आधारमा थाती राखेर संसदीय लडाईं लड्दै हुनुहुन्छ ।
अहिलेको संसदमा लडाईं भनेको यथास्थितिबाद र परिबर्तनका बिचको लडाईं हो । मेरो बुझाइ अनुसार यथास्थितिबादको मुख्य कमाण्डर कङग्रेस हो र परिबर्तनको नेतृत्व गर्ने मुख्य कमाण्डर तपाइहरु हो । एमाले बैचारिक स्पष्टता र राजनीतिक कार्यदिशा बिना आफ्नो स्वार्थ पुरा गर्न पाए कहिले ओल्लो भित्तो त कहिले पल्लो भित्तो पछारिरहन्छ । तैपनी आसा गरौं एमालेले आगामी दिनमा सामन्तबादीहरुको पुच्छर बनेर बामपन्थीको नाममा नाक फुल्याउने लाज मर्दो काम गर्नेछैन ।
तपाई प्रधानमन्त्रीमा निर्बाचित भएलगत्तै नेपाली जनताले असङख्य सपना साचेर बसेका छन् । तपाईलाई पुष्पकमल दाहालबाट प्रचण्डको परिचय दिन जनयुद्धको क्रममा त्यागतपस्या र बलिदानी गरेका अनी आफ्ना आफन्त गुमाएर तपाईलाई नै मुली मान्छे मान्दै आइरहेका १३ हजार शहिदका आफन्तजनले तपाइलाई आसाबादी नजरले हेरिरहेका छन् । जनताका लागी लड्न भनेर युद्धकालमा लडाइंको ब्याटलमा खरो उत्रीएका जनसेना कति अभाब र पिंजडामा बाच्नु परेको छ । प्रचण्ड कमरेड । तपाइलाई जनताले कार्यकारी राष्ट्रपतीको निम्ति अत्यधिक बहुमतले बिजयी बनाएका थिए । राष्टपतिको माला पहिरन नसके पनि तपाई शक्तिसाली ठाउंमा आइपुग्नुभएको छ ।
युद्धकालमा दिर्घकालिन जनयुद्धको नीति तपाइहरुको लागी जसरी अमृत साबित भयो । हुनत तपाइहरुको परिभाषमा दिर्घकालिन जनयुद्धले नयाँ रुप लिएको छ । मलाई लाग्छ निरन्तर क्रान्तिको सिद्धान्तलाई तपाइहरुले भुल्नु भएको छैन । संबिधानसभा निर्बाचन अगाडी तपाइहरुले सार्बजनिक गरेको प्रतिबद्धता पत्रमा कोरिएका सुन्दर नक्साहरु अब निर्माण गर्नेबेला आएको छ । साझा नीति कार्यक्रममा तपाइहरुले प्रस्तुत गरेका राष्ट्रियता र जनजीबिकाका सवालहरु जबरजस्ति पुरा गर्नुपर्छ । त्यसक्रममा हुने सबैखाले षड्यन्त्रबिरुद्ध लड्न नेपाली जनता तयार छन् ।
अब तपाइहरुको काधमा धेरै जिम्मेवारी आएको छ । जिम्मेवारी त संबिधानसभाले नै दिएको थियो तर संबैधानिक प्राबधानको बाहनामा जनताको नेतृत्व गर्न नदिने षड्यन्त्रलाई लात हान्दै दुई तिहाइ भन्दा बढी बहुमत बटुल्न सफल हुनुभएको छ तपाइहरु ।
बधाई छ कमरेड प्रचण्ड । तपाइको राजनीतिक चतुर्‍याई र दुरगामी सोंचकॊ सम्मान गर्न आतुर छन् सबै जनता । भबिष्यमा देखिन सक्ने बाधा र अड्चनलाई पनि दृष्टिगत गर्दै जानुपर्छ तपाईले ।
तितो यथार्थको सामना गर्न तयार भएकोमा मैले तपाइलाई बधाई दिएको हुँ । अन्तमा कमरेड प्रचण्डलाई मेरो र सारा जनताको तर्फबाट बधाई छ । बधाई संगसंगै खबरदारी पनी । प्रचण्ड साच्चीकै रोल्पा रुकुमको बरदान साबित हुनुपर्छ । अब धेरै समय अगाडीको प्रतिबद्धता पुरा गर्नुपर्छ प्रचण्डले । त्यो हो रोल्पालाई गणतान्त्रीक नेपालको राजधानी बनाउने प्रतिबद्धता । रोल्पा समग्र नेपालकै राजधानी नभएपनी संघीय गणराज्यको राजधानी हुनुपर्छ । संघीय गणतान्त्रीक नयाँ नेपालमा राजधानी केन्द्रित राज्य मध्य तथा सुदुरपश्चिमका बिकट पहाडी जिल्लाहरुमा पुग्नुपर्छ । शिक्षा स्वास्थ्य र रोजगारीको स्वाद जुम्ला कालिकोट जाजरकोट सल्यान बाजुरा दार्चुला र बैतडीहरुले चाख्नुपर्छ । सुधार्नु छ प्रचण्ड तपाईले अब प्रशासन न्यायपालिका र सबै निकायलाई । जहा भ्रटाचारले लपक्कै पोतेको छ । ठगी खाने बसिखाने लुटीखाने सिमा मिचिने सबै प्रबृतिलाई लात हान्नुपर्छ अब ।
सरकार भएर पनी बाबु मरेको छोराछोरी जस्तो बस्नु नपरोस नेपालीहरुलाई । रोग भोक गरिबी अशिक्षा बेरोजगारी सबै बाईबाई । तपाइको परिभाषाको समुन्नत नेपाल चाहियो नेपालीलाई ।
उहाँले साढे दुई करोड नेपालीलाई दिनु भएको बाँचाहरु सबै केबल भाषणमा सिमित रहन गयो, यो हामीले पहिलो नयाँ नेपालको सपनाको जाल बुन्ने पहिलो सुरुवात यसरि थाल्नु भयो। जसरि उहाँले आफना नयाँ र नौलो सोच लिएर त्यो लोकतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री हुनु भयो त्यसैको बिपरितमा लाग्नु भयो ।उहाँले प्रधानमन्त्रीको पद जित्नु भए पछि साढे दुई करोड नेपालीलाई मन परेको नेपाली दौरा सुरुवाल ढाकाको टोपिलाई चटक्क छाड्नु भयो र बेलायति पहिरनमा सजिएर नौलो नेपालको नयाँ सृजना गर्नलाई प्रधानमन्त्रीको सपथ खाएर देश र जनताको गुलाम भएर काम गर्ने बाचा लिएर बालुवाटारमा छिर्नु भयो । त्यहाँको अवलोकन गर्नु भयो ।त्यो अवलोकनले उहाँको पहिलो परिवर्तनको सुरुवात गर्ने जोस जाग्यो त्यो थियो आफनो पलङ्ग जब उहाँ बालुवाटार छिर्नु भयो उहाँको नजर बिलासिता अहेस आरामको नौलो सृजना गर्ने अनुभुति जाग्न थाल्यो र आजसम्म नेपालमा कुनै पनि ओहोदाको व्यक्तिले चयन नगरेको र नेपालमा समेत बन्न नसक्ने पलङ्गको सोच गर्नु भयो र छिमेकि देश चिनबाट झिकाउनु भयो ।त्यसको मुल्य थियो नेपाली सवाँ लाख यो रकम थियो साधारण नेपाली जनताको तिन परिवारले बर्षभरि आफनो जिविकोपार्जनमा उपभोग गर्न पुग्ने रकम थियो एउटा व्यक्तिकॊ रातमा ६ घण्टा बिस्राम गर्ने पलङ्ग । अर्को कुरा उहाँ सधै भरि भन्ने गर्नु हुन्छ म नरहे देश रहन्न भनेर आफुलाई निडर र शहासि ठान्नु हुने व्यक्तिले यस्तो शब्द निकाल्दा ति नेपाली जनताले के सोचे होलान् । राजनितीमा उथल पुथल भन्ने कुरा जति बेला पनि हुन सक्छ तर त्यो उथल पुथललाई साम्य पार्ने खुबि हुनु पर्छ जब कि त्यो कुसर्िको हकदार हुन पुगे पछि जिम्मेवारि पनि लिने काथरता पनि देखाउने यो लाचारि प्रबृद्धि त्यो कुसर्िमा बस्ने व्याक्तिलाई सोभायमान हुदैन ।
नेपाली जनताले धेरै त्यस्ता कुराहरु सहदै आएका छन् ।सबै कुराको नून चाखि सकेका छन् ।लाचारि अन्यायदमन अत्याचार भ्रष्टचारनाताबाद कृर्पाबाद यी सबै कुराको अनुभव लिई सकेका छन् । नेपाली जनताले फेरि पनि यो दसा भोग्नु पर् यो भने कसैलाई पनि माफ गर्ने छैन । खबरदारिको औला उठाउन सबैले जानि सकेका छन् । पुष्पकमल लाई प्रचण्ड कसले बनायो र कसरि बन्यो भन्ने कुराको पृष्ठभुमि त उहाँलाई बताई रहन पर्ने कुरा होईन ।उहाँ केवल माओवादि पार्टिको मात्र प्रधानमन्त्री होईन नेपालको साझा प्रधानमन्त्री हुनु हुन्छ ।उहाँको साझा दस्तावेज हुनु पर्छ ।अब यति बेला उहाँको मन्त्रिमण्डलको परिक्षण काल पनि सकि सकेको छ ।अब उहाँले नेपाली जनताले चाहेको र आफुले कुन उदेश्य लिएर त्यो पदको लागि लडाई गर्नु भएको थियो त्यो कुराको बाचालाई पुरा गर्ने समय आएको छ । अब हामीले आशाको किरणलाई अवलोकन गर्ने मौका आएको छ । ति १३००० हजार शहिदका आफन्तले हेर्ने दिन आएको छ शहिदको सपना सकार पार्ने हो कि निराकर पार्ने हो । हाम्रो प्रतिक्षाको घडि आई पुगेको छ । समाप्त ॥ ॥ ॥

No comments: