बिजय कुमार श्रेष्ठ, (हाल ईराक)
नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा, म त उजाड मरुभुमिमा हराई सकेछु ।
नसम्झिनु है मलाई कुनै खुशियालीमा, म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु ॥
नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा, म त ५५ डिग्रीको घाममा जल्न पुगेछु ।
नखोज्नु है मलाई हजारौ दुनियाँको भिडमा म त बालुवै बालुवाको भरुभुमीमा पो पुगी सकेछु ॥ ॥
नखोज्नु है मलाई बिहानीको सुस्तरी पवनमा म त समुन्द्रि आँधिमा बडारीन पो पुगी सकेछु ।
नखोज्नु है मलाई वरपिपलको छहारीमा, म त रुखै नभएको मरुभुमीमा पो मडारिन पुगी सकेछु ॥ ॥ ॥
नखोज्नु है मलाई जन्म भुमीको कुना कुनामा, म त गाउँ घर छाडि समुन्द्र तरि पराई बनि सकेछु ।
नखोज्नु है मलाई पहिलाको गाउँ घरको ठेगानामा, म त अब परदेशि पो भैसकेछु परदेशि पो भैसकेछु ॥ ॥ ॥ ॥
शिव भगवान
गौतम बुद्ध
http://www.baburambhattarai.com/
Thursday, December 25, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment