साउदी अरबको रियादमा नवलपरासी जिल्लाकी “माया” आफ्नै कफिल (मालिक) द्धारा बलात्कारको सिकार भएकी छन् । खाडीको प्रसिद्ध पत्रिका अरब न्यूज को ८ अगस्त २००८ को पत्रिका अनुसार नेपाली चेलि मर्नु न बाँच्नुको दोसाँधमा पुर्याई स्थानीय मेनपावर अगाडि फालिइएकी थिइन । पछि उनी नेपाली राजदुतावासमा गई न्यानको लागि अपिल गरेकोले राजदुतावासका प्रवक्ता श्री पुष्पराज भट्टर्राईले मायालाई स्थानिय अस्पतालमा DNA परिक्षण लगायत आवश्यक अन्य परिक्षणको ब्यवस्था मिलाइ DIPLOMATIC QUARTER POLICE मा रिपोर्ट गर्न लाई अपिल गरिएको तर DNA परिक्षणको लागि स्थानिय अदालतबाट अनुमति चाहिने र यदि नेपाली चेलिले लगाएको आरोप गलत सावित भएमा उल्टो सँजायको भागिदार हुनुपर्ने असमँजस र यहाँको सरियत कानुन अनुसार यस्ता गलत कार्यको कम्तीमा पनि चारजना साक्षीहुनुपर्ने अप्ठ्यारो स्थिती र नेपाली राजदुतावासले पटक पटक आग्रह गर्दा पनि वकिलको ब्यवस्था गर्न नेपाल सरकारले नसकेको या गर्न अग्रसरता नदेखाउँने प्रवृत्तिले गर्दा प्रवासी नेपालीहरु मारमा परेको कुरामा दुइमत छैन ।
स्मरण रहोस प्रसिद्ध पत्रिका अरब न्यूजको जानकारीमा पनि विगत तीन महिनामा यो आठौं घटना हो जस्मा नेपाली को दुर्गति भएको छ । यस्तै घटना मध्ये गत महिना पनि घरको मैला फाल्न गएकी नेपाली महिला लाई जबरजस्ती कारमा राखी लगेर ७ ब्यक्ती ले बलात्कार गरि फेरी उनैले काम गर्ने घरको नजिकमा ल्याई फालिदिएका थिए । यस्ता अनेकौं घटनाहरु पर्दा पछाडी छन र ती घटनाहरुमा नेपाली चेलिहरुले बाहिर निक्लेर भन्नलाइ भाषा नमिल्ने र बाहिर निक्लन नदिने जस्ता बाधा अवरोधहरु छन । त्यसैले यस विषयमा छिटो भन्दा छिटो नेपाल सरकार, साउदी सरकार तथा नेपाली दुतावास रियादले ठोस कदम उठाउन जरुरी छ ।
शिव भगवान
गौतम बुद्ध
http://www.baburambhattarai.com/
Wednesday, August 13, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment