नेपालीको सान चन्द्र र सुर्य

PhotobucketPhotobucketPhotobucket

THINK WE ARE SAME

Photobucket

नयाँ राष्ट्रिय गान

सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भइ फैलिएका, मेची-महाकाली । प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल वीरहरुका रगतले, स्वतन्त्र र अटल ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल । बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।

नेपालीमा समय हेर्नुहोस्

Photobucket तपाईंहरुको लागि लेख रचनाको साथमा कथा,कबिता,गजल,पस्किन तयार भएको छु । Photobucket । /

शिव भगवान

शिव भगवान

गौतम बुद्ध

गौतम बुद्ध
शान्ति हिंसाबाट प्राप्त गर्न सकिँदैन, बरु शान्तिवार्तामार्फत प्राप्त गर्न सकिन्छ ।

http://www.baburambhattarai.com/

Photobucket I would rather die fighting than surrender to injustice & wrong-doing.

Saturday, August 16, 2008

को हुन त वास्तबिक प्रचण्ड ? (सम्पूर्ण जिवनी)

प्रचण्डको जन्म कास्की जिल्लाको ढिकुरपोखरी गाविसमा २०११ साल मंसीर २६ गते भएको हो । उनको न्वारानको नाम छविलाल हो । जीवनमा कम्युनिस्ट बनेर यत्रो ठूलो नेता बन्छु भनेर उनले कहिल्यै सोचेका थिएनन्, न त विद्रोहको सफलताबारे आँकलन नै गरेका थिए । परिवारको जेठो सन्तान, त्यसमा पनि छोरो जन्मिँदा प्रचण्डका बाबुआमाले चिना हेराए । ज्योतिषीले फ्याट्टै भनेछन्, “तिम्रो छोरो ठूलो मान्छे बन्छ, उसलाई राजयोग परेको छ ।” त्यतिखेर प्रचण्डका बाबु मुक्तिराम दाहाल फिस्स हाँसेका मात्र थिए । पहाडमा जग्गा कम तर परिवारसंख्या ठूलो भएका कारण मुक्तिरामले पुख्र्यौली थलो कास्कीको ढिकुरपोखरीबाट चितवनतिर बसाइँ सरे र शिवनगर गाविसको भीमसेननगरमा स्थायी घर बनाए । चितवन सर्दा प्रचण्ड ७ वर्षका थिए । त्यहीं बाल्यकालको पढाइ सकियो । उनी सानैदेखि सबैसँग मिल्थे । गाउँमा कसैको झगडा पर्दा भन्थे- ‘खै छविलाल कहाँ छ ? त्यसले मिलाई दिन्छ कि ?’ घरमा भाइबहिनीहरूबीच झगडा हुँदा पनि छविलालले मिलाउँथे । मुलुकको द्वन्द्व पनि उनले नै मिलाउने आशा गरिएको छ ।

पढाईमा उनको प्रगति अनौठो छ । कक्षा एकमा एकपल्ट फेल भएका उनी दुई कक्षामा दोस्रा भए । कक्षा तीनमा प्रथम भएर एकैचोटि कक्षा पाँचमा गए । कक्षा पाँचमा पनि पहिलो भए । र, दुई कक्षा फड्किएर सातमा पुगे । कक्षा आठ, नौ र १० मा उनले शिवनगर हाइस्कुलमा (चितवन) पढे । एसएलसी पास गरेपछि ललितपुरको पाटन संयुक्त क्याम्पसबाट आईएस्सी पढ्दै गर्दा प्रचण्डलाई बाबुआमाले गाउँकै सीता पौडेलसँग विवाह गरिदिए । अनि, रामपुर क्याम्पसबाट कृषिमा बि. एस्सी. एजी. गरे । ठीक त्यहीबेला सरकारी जागिर खान भनेर प्रचण्ड चितवनबाट हिँडेरै धनकुटा गए । तर, जागिर पाएनन् । फर्केर घर आए । बाबु मुक्तिरामका स्मरणमा, त्यतिखेर प्रचण्ड रिसाएर घर फर्केका थिए । त्यसपछि नवलपरासीको त्रिभुवननगर र गोरखाको आरूघाटमा दुई-दुई वर्ष पढाए। प्रचण्ड सानैदेखि गम्भीर स्वभावका थिए। परिवारमा जेठो सन्तानको भूमिका राम्रै निभाएका थिए उनले। छविलालका बाबु मुक्तिराम दाहालले २०५७ सालको जनादेश साप्ताहिकमा भनेका छन्, ‘ऊ जेठो जान्ने-बुझ्ने छोरा, उसकी आमा क्यान्सर रोगी भएकीले भाइबहिनीलाई उसले नै अभिभावकको माया दिएको थियो । गाउँमा बचत कार्यक्रम चलाएको थियो, ढुकुटी चलाएर अप्ठ्यारोमा परेकाहरूलाई सहयोग गर्थ्यो।’ सानैदेखिको यो गुणकै कारण होला, २०४७ सालमा विभिन्न चारवटा कम्युनिस्ट पार्टीबीच एकता गराएर उनी पार्टीको महामन्त्री बने ।

राजनीतिक यात्रा
*************

पढाइमा अब्बल दर्जा भएको पुष्पकमलमा राजनीतिक बीउ भने १० कक्षा पढ्दादेखि अंकुराउन थालेको हो । प्रचण्ड त्यो क्षण सम्झन्छन्, “पहाडमा खान नपुगेर तराईको पीडाले पनि परिवारमा मनोवैज्ञानिक असर परेकै थियो । त्यसमा पनि वरपरको वातावरण पनि पूरै कम्युनिस्टमय थियो । मेरै घरनजिक धनबहादुर विक कम्युनिस्ट कार्यकर्ता रहेछन् । उनले मलाई कम्युनिस्ट बन्ने प्रेरणा दिए । उनले नै रूपलाल विश्वकर्मासँग चिनजान गराइदिएका हुन् ।” त्यसपछि उनको सम्पर्क पुष्पलाल श्रेष्ठसँग भयो । चौथो महाधिवेशनपछि उनको भक्तबहादुर श्रेष्ठसँग घनिष्ठ सम्बन्ध गाँसियो । त्यस हिसाबले उनको राजनीतिक जीवनको आरम्भ तत्कालीन पुष्पलाल समूहमा २०२८ सालमा प्रवेश गरेपछि भएको माने हुन्छ । भक्तबहादुर पार्टीको महामन्त्री हुनेबेला प्रचण्ड क्षेत्रीय ब्युरो सदस्य पदमा कार्यरत थिए । ०३९ सालतिर निर्मल लामा र मोहनविक्रम सिंहबीच विवाद आएपछि प्रचण्ड त्यसबेला मोहनविक्रमतिर लागे । उनको विश्लेषणमा, “लामाको चुनावप्रतिको मोह भएका कारण उनलाई परित्याग गरेर मोहनविक्रमतिर लागियो । मोहनविक्रम नै मेराविरूद्ध केन्द्रीय समितिमा यसरी नकारात्मक रूपमा प्रस्तुत हुनुभयो, पछि बाध्य भएर विद्रोह गर्नुपर्‍यो ।”

आनीबानी
********

प्रचण्डलाई जतिले भेटे, उनीहरूको एउटै धारणा छ, प्रचण्ड अति मिजासिला छन्, सही नेतृत्व गर्ने खालका । तर, उनीसँग नजिकको सम्बन्ध राख्नेहरूका अनुसार उनी हरेक व्यक्तिलाई नजिक ल्याउन सक्ने र दूरी बढाउन सक्ने क्षमता राख्छन् । अझ डा. बाबुराम भट्टराईले अन्तर्वार्ताहरूमा भनेका छन्, “प्रचण्डजी दह्रो नेतृत्वको गुण राख्नुहुने मान्छे हो । उहाँ असाध्यै ‘डायनामिक’ मानिस हो । अहिले एमालेमा त्यो डायनामिक व्यक्तित्वको अभाव हामीले देखिरहेका छौँ । काङ्ग्रेस बीपीका बेलामा जति गतिशील थियो वा मदन भण्डारीको पालामा एमालेमा जुन गतिशीलता थियो, त्यहाँ नेतृत्वका गुणले काम गरेको थियो । प्रचण्ड जनसमूहमा प्रभाव पार्ने सक्ने मान्छे हो ।” प्रचण्ड सामान्यतः बिहान पाँच बजे उठ्छन् । उमेरअनुसार हल्का योग गर्छन् । उनका दिन लेखपढ, भेटघाट तथा संगठनात्मक नीति-निर्देशनबीच प्रायः चापाचापमै बित्छन् । अनि सामान्यतः राति १०-११ बजेको बीचमा सुत्छन् । उनि सादा, शाकाहारी खाना खान्छन् । बिहान नास्तामा रोटी-सब्जी, दिउँसोको खानामा दाल, भात, तरकारी खान्छन् । दिउँसो नास्ता गर्ने चलन छैन । उमेर छँदा खानाको कुनै निश्चितता थिएन । कुनै खास पेयपदार्थ नरूचाउने प्रचण्ड दिनमा ३ देखि ४ कप चिया पिउँछन् । चुरोट पिउँने प्रचण्डले चुरोट छाडेको करिब ६ महिना भयो । उनी चुरोटबाहेक अरू कुनै कुराको अम्मली भएनन् । दर्शन, राजनीति, अर्थशास्त्र र सौन्दर्यशास्त्रसँग सम्बन्धित पुस्तक पढ्न रूचाउने प्रचण्डको परिस्थितिअनुसार थपघट भए पनि सामान्यतः दिनको पाँच-छ घण्टा पुस्तकमै बित्छ । उनलाई असाध्यै प्रभावित पारेको पुस्तक म्याक्सिम गोर्कीको ‘आमा’ हो भने उनी अरूलाई विज्ञान र दर्शनसँग सम्बन्धित पुस्तकहरू अध्ययन गर्ने सुझाव दिन्छन् । उनी भित्र र बाहिर अलग-अलग कुरा गर्ने मानिससाग सबैभन्दा बढी दिक्क मान्छन् ।

सानैमा विवाह भएको र विवाहदेखि नै श्रीमतीसँग अटुट प्रेम रहिआएको उनी बताउँछन् । स्कुल र कलेजमा रहँदा लजालु स्वभावको भएका प्रचण्डलाई कसैले पछ्याउने मौकै पाएनन् । उनी भन्छन्, ‘श्रीमतीबाहेक अरू कसैलाई लेखेको छैन ।’ खेलकुदका बारेमा प्रचण्ड भन्छन्, ‘बाल्यकाल र युवा अवस्थासम्म खेलकुदमा मेरो विशेष रूचि थियो । मन पर्ने खेल फुटबल हो, हाईस्कूलमा हुँदा कतिपय फुटबल म्याचमा भाग पनि लिन्थें, कलेज जान थालेपछि भलिबल र टेबलटेनिसमा रूचि बढ्यो, पछि शिक्षक हुँदा पनि खास गरी गोरखा आरूघाटमा विद्यार्थीहरूसँग भलिबल खेल्थें ।’ उनी गीत-संगीतमा रूचि राख्छन् । उनलाई मनपर्ने गायकहरूमा नारायण गोपाल तथा खुसीराम पाख्रीन हुन् । केही वर्षअघि नायिका करिश्मा मानन्धर मनपर्ने नायिका भएको बताउने प्रचण्डले कलेज पढ्दासम्म निकै चलचित्र हेरेका थिए । जनयुद्धमा चलचित्र हेर्ने संभावना रहेन । उनलाई अहिले हिन्दी चलचित्रमा सवाना आजमीको अभिनय विशेष मन पर्छ । उनी घोडा चढ्न मन पराउँछन् । उनलाई देशभित्र मनपर्ने नेतामा बी.पी. कोइराला र पुष्पलाल श्रेष्ठ हुन् । उनी आˆनो आदर्श नेता लेनिनलाई मान्छन् । २०६३ जेठ ५ मा बुटवलस्थित तिनाउ एफएमसँग टेलिफोन वार्ता गर्दै एमालेका तत्कालीन महासचिव मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादलाई माओवादी अध्यक्ष प्रचण्डले सकारात्मक रूपमा ग्रहण गर्ने खुलासा गरे । केही सैद्धान्तिक विषयमा छलफल गर्ने समय र योजना तय भइसके पनि त्यसअघि नै भण्डारीको निधन भएकाले आफूहरूबीच कुरा हुन नसकेको प्रचण्डले एफएम-अन्तर्वार्तामा बताए । प्रचण्डले भण्डारीको विचारलाई अहिले गलत ढंगले विश्लेषण भएको बताए । दिनमा कम्तीमा दुई घण्टा इन्टरनेटमा बस्ने प्रचण्ड सूचना-प्रविधिका विषयमा अभ्यस्त छन् । उनको टेलिफोनमा बिहान र बेलुका गरी दिनहुँ कम्तीमा डेढ घण्टा बित्छ ।

समयानुक्रम
*********

* २०२६ सालमा एसएलसी
* २०३० सालमा आइएस्सी पाटन संयुक्त क्याम्पस
* २०३३ सालमा बीएस्सी एजी कृषी तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर, चितवन
* २०३३ सालदेखि २०३५ सालसम्म गोरखा आरुघाटमा अध्यापन
* २०३८ सालमा नेकपामा प्रवेश
* २०३५ सालदेखि पूर्णकालीन तथा भूमिगत जीवन प्रारम्भ
* २०४६ महामन्त्री नेकपा (मशाल)
* २०४८ महामन्त्री नेकपा (एकता-केन्द्र) २०५१ महामन्त्री नेकपा -माओवादी)
* २०५७ अध्यक्ष, नेकपा (माओवादी)
* २०६३ आम जनतासमक्ष र्सार्वजनिक
Bijay shrestha Joint base balad iraq, August-15-08,friday,

No comments: