नेपालीको सान चन्द्र र सुर्य

PhotobucketPhotobucketPhotobucket

THINK WE ARE SAME

Photobucket

नयाँ राष्ट्रिय गान

सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भइ फैलिएका, मेची-महाकाली । प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल वीरहरुका रगतले, स्वतन्त्र र अटल ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल । बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।

नेपालीमा समय हेर्नुहोस्

Photobucket तपाईंहरुको लागि लेख रचनाको साथमा कथा,कबिता,गजल,पस्किन तयार भएको छु । Photobucket । /

शिव भगवान

शिव भगवान

गौतम बुद्ध

गौतम बुद्ध
शान्ति हिंसाबाट प्राप्त गर्न सकिँदैन, बरु शान्तिवार्तामार्फत प्राप्त गर्न सकिन्छ ।

http://www.baburambhattarai.com/

Photobucket I would rather die fighting than surrender to injustice & wrong-doing.

Sunday, August 10, 2008

ईराकमा नेपाली कामदारहरु चिन्तित

ईराक स्थित गल्फ क्याटरिङ कम्पनि (जि.सि.सि.) र ता.मि.मि. कम्पनिको एक अमेरिकन कम्पनि के.बि.आर. सँगको कन्ट्याक्ट सकिनै लागेकोले यस दुई कम्पनिमा कार्यरत करिब दुई हजार भन्दा बढि बिदेशी कामदारहरू अहिले चिन्तामा परेका छन। ईराकमा रहेका सबै अमेरिकन आर्मि अनि उनीहरुको सहयोगार्थ कार्यरत सबै सिभिलियनहरूलाई 'डिफ्याक्ट फ्यासिलिटिज' मार्फत खाना खुवाउने जिम्मा पाएको यो दुई कम्पनिहरूले अबको दुई हप्तामा के.बि.आर सँगको कन्ट्याक्ट सकिए पछि यसमा कार्यरत बिदेशी कामदारहरूलाई के गर्ने भन्ने सम्बन्धमा कुनै आधिकारिक जानकारी नदिएकोले सबै जना कामदारहरू दोधारमा परेका छन।

नेपाल, भारत, बङ्गलादेश, पाकिस्थान, फिलिपिन्स, ईजिप्ट, कोसोभो र श्रीलंका लगायतका देशबाट बिभिन्न पदमा कोहि ईराक अपरेशन सुरूभए देखि त कोहि भर्खरै मात्र काममा लागेका कामदारहरू रहेका छन।ईराकको बाग्दादबाट राम बर्तौला र राम बाबु न्यौपाने (नुवाकोट)ले बताए अनुसार जिसिसि कम्पनिमा मात्रै करिब आठ सय भन्दा बढि नेपालीहरु रहेका छन।कोहि त भर्खर दुईमहिना देखि काम शुरू गरेका नेपाली छ्न। उनिहरूले त नेपालबाट ईराक आउदा दलालिलाई तिरेको रकमको ब्याज समेत कमाउन सकेका छैनन्। 'नेपालमा जग्गा धरौटि राखेर धेरै पैसा तिरेर आएँ' अब कसरि त्यो फर्काउने होला ? यहाँ त कामको कुनै ग्यारेन्टिनै रहेनछ।एक पिडितले रूदै भनेका कुरालाई उनिहरुले जस्ताको तस्तै सुनाए।

अनकुन्डा बलादमा ता.मि.मि कम्पनिमा करिब ३ बर्षभन्दा लामो समय देखी एक्जुकेटिभ फूड मेनेजरको रूपमा कार्यरत ललितपुर ईमाडोल घर भएका जितेन्द्र अधिकारीले बताए अनुसार ता.मि.मि. बलादमा मात्र करिब एघार सय बिदेशीकामदारहरू मध्ये तिन सय जति नेपालीहरू कार्यरत छन। आफ्नो कम्पनिको के.बि.आर संगको कन्ट्याक्ट सकिने निश्चित भैसकेको र टुर्किको एक कम्पनिले यसको जिम्मा पाइसकेको कुरा उहाले बताउनु भयो । अब तपाइहरू लाई नेपाल पठाउछ किरुभन्ने प्रश्नमा उहाँले भन्नु भयो केहि सेलेक्टेड कामदारलाई टुर्किस कम्पनिले लिने भन्ने आश्वाशन पाए पनि काम को कुनै निश्चितता नभएकोले सबै नेपालिहरूमा निराशा देखेको कुरा बताउनु भयो।साथै उहाले भन्नु भयो - अब कम्पनिले कहा र कसरि अनि कस्तो अबस्थामा कस्तो कामदेला भन्ने कुनै आधारहरु नभएकाले अब सायद सबैले नेपाल फर्कनु पर्ने जस्तो स्थिति देखेको छु।

यसैगरि, लाखौं-लाख पैसा तिरेर राम्रो काम अनि आकर्षक पारिश्रमिक पाउने आशामा नेपाल सरकारको अनुमति नभएपनि बिभिन्न बाटो अनि एजेन्टहरूलाई समाउदै अबैधानिक तरिकाबाट नेपालीहरू ईराक आउने क्रम दिन-प्रतिदिन बढिरहेको छ।साथै बग्दादका केहि होटलहरूमा नेपाली कामदारहरूलाई अलपत्र पारेको तथा काम पाउन कठिन परेका समाचार पनि देख्न, सुन्न र पढ्नमा आईरहेका छन।अबका दिनहरूमा कुनै पनि नेपालीहरूको यस्तो अबस्था नआ-ओस भन्ने हाम्रो कामना।।।।।

No comments: